गुञ्जनको समीक्षा

म्यूजिक खबर
प्रकाशित: २२ कार्तिक २०७०, शुक्रबार

दाङ । गीतकार प्रकाश केसीको एकल रचना र संगीतकार सन्तोष श्रेष्ठको एकल संगीत रहेको आधुनिक गीतिसंग्रह ‘गुञ्जन’को दाङमा समीक्षा गरिएको छ । राप्ती साहित्य परिषद्को आयोजनामा गरिएको समीक्षा कार्यक्रममा साहित्यकार नारायण नेपाल, कवि डा.कृष्णराज डीसी र डा.भीमार्जुन आचार्यले एल्बमका बारेमा समीक्षा गरेका थिए ।
गीतकार रमेश क्षितिजको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा आधुनिक गीतिसंग्रह गुञ्जनको समीक्षा गर्दै क्षितिजले नेपाली संगीत अब नयाँ धारबाट अगाडि बढ्नुपर्ने बताएका थिए । सधैं एकैखालका गीतसंगीतको सिर्जना भइरहेको अवस्थामा सबै किसिमलाई समेटेर गीतसंगीतको विकासमा लाग्नुपर्ने उनको धारणा थियो । क्षितिजले प्रकाश केसी र सन्तोष श्रेष्ठ आफैंमा राम्रा गीतकार र संगीतकार भएका कारण गुञ्जन उत्कृष्ट बनेको बताएका थिए ।

gunjan
गुञ्जनमा अन्जु पन्त, सञ्जिवनी, मनोज मिश्र, राजेशपायल राई, अञ्जना गुरुङको स्वर समावेश गरिएको छ । एल्बममा तिम्ले भुल्न सके पनि, तिम्ले हाँसो लुटि लग्यो, तारा झ¥यो मिर्मिरेमा, कुनै दिन यस्तो थियो, बोलेपछि माया बढ्छ, तिम्रो मेरो सम्बन्धमा जस्ता कर्णप्रिय गीतहरु समावेश भएका छन् ।
राप्ती साहित्य परिषद्का अध्यक्ष पुरुषोत्तम खनालको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा गजलकार टीकाराम उदासीले स्वागत मन्तव्यसहित गुञ्जनलाई माया प्रेम र सुखदुःखको एउटा कोसेढुंगा भएको बताएका थिए । गीतकार के.एल. पीडित, लेखक संघका अध्यक्ष शंकर पौडेल र प्रगतिशील लेख संघका अध्यक्ष केशव थापालगायतका व्यक्तित्वहरुले एल्बम गुञ्जनका बारेमा बोलेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु