गुडी जाने रेलमा केकी

म्यूजिक खबर
प्रकाशित: १५ फाल्गुन २०७३, आईतवार

keki
फागुन १५, काठमाण्डौं । म्यूजिक भिडियो क्विन केकी अधिकारी चलचित्रसँगसँगै म्यूजिक भिडियोमा पनि झन भन्दा झन् जम्न थालेकी छन् । उनको अभिनय रहेको नयाँ भिडियो गुडीजाने रेलमा पनि उनले दमदार अभिनय गरेकी छन् । भिडयोमा केकीलाई पछिल्लो समयका ब्यस्त मोडल तथा नायक पुष्पल खड्काले साथ दिएका छन् । विशाल भण्डारीले निर्देशन गरेको भिडियोले युवा अवस्थामा प्रेम रोमान्स गर्ने उमेरका किशोर किशोरीको मायाको भावलाई जस्ताको त्यस्तै पर्दामा उतारेको छ । गायक किशोर शिवाकोटीको शब्द शृजनामा सुनिल माष्कले कम्पोज गरेको गीतको एरेन्ज सचिन सिंहले गरेका छन् । अर्जुन तिवारीले छायांकन गरेको गीतको भिडियोको सम्पादन निशान घिमिरेले गरेका हुन् । गीतको अडियोलाई भाइब्स क्रियसनले तयार गरेको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु