गुरुङप्रति संगीतकार संघको श्रद्धान्जली

म्यूजिक खबर
प्रकाशित: १९ जेष्ठ २०७४, शुक्रबार

जेष्ठ १९, काठमाडौं । संगीतकार संघ नेपालले गीतकार कैलाश गुरुङप्रति अन्तिम श्रद्धान्जली दिएको छ । नेपाली सेनाका महासेनानी एवं पाइलट कैलाश गुरुङको जेठ १६ गते बाजुराको कोल्टी विमानस्थल नजिकै भएको जहाज दुर्घटनामा परि निधन भएको थियो । गीतकार, साहित्यकारको छवि बनाएका गुरुङलाई नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा राखेर अन्तिम श्रद्धान्जली अर्पण गरिएको हो । संगीतकार संघले गीतकार गुरुङले नै लेखेको शब्दमा सांगीतिक श्रद्धान्जली अर्पण गरेको थियो । घन्टीे शंख रोइरहेछ किन आर्यघाट, बाचा तोड्यौ मृत्यु रोज्यौ किन हामीबाट बोलको गीत गाएर संगीतकारहरुले श्रद्धान्जली अर्पण गरेका थिए । संघका अध्यक्ष लक्ष्मण शेषको नेतृत्वमा संघका महासचिव महेश खड्का, कोषाध्यक्ष हरि लम्साल लगायतका संघका सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो । संघका अध्यक्ष शेषले अमर स्रष्टा गुरुङप्रति संघको लोगोअंकित झण्डा ओढाएर श्रद्धान्जली अर्पण गरेको थियो ।

Musickhabar_Kailash Gurung (6)
त्यसैगरी गीतकार संघ नेपालले पनि आफ्ना सदस्य महासेनानी गुरुङप्रति अन्तिम श्रद्धान्जली अर्पण गरेको छ । गीतकार संघका उपाध्यक्ष भरत बमजन, सचिव वसन्त वित्यासी थापा, निवर्तमान अध्यक्ष योगेन्द्रमणी दाहाल लगायतका सदस्यहरुले गुरुङप्रति श्रद्धान्जली अर्पण गरेको थिए । श्रद्धान्जली सभामा गीतसंगीतका स्रष्टा सर्जकदेखि विभिन्न ओहोदाका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

kailash gurung (1) kailash gurung (2) Musickhabar_Kailash Gurung (5) Musickhabar_Kailash Gurung (1) Musickhabar_Kailash Gurung (2) Musickhabar_Kailash Gurung (3) Musickhabar_Kailash Gurung (4)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु