गृहजिल्लामा संगीतकार पोखरेल सम्मानित

म्यूजिक खबर
प्रकाशित: २२ चैत्र २०७१, आईतवार

चितवन । संगीतकार अर्जुन पोखरेललाई गृहजिल्ला चितवनमा सम्मान गरिएको छ । पोखरेललाई स्थानीय माधवपुर युवा समाजले एक भव्य कार्यक्रमका बीच सम्मान गरेको हो । चैतेदशै तथा रामनवमीको अवसरमा आयोजित विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रमको प्रमुख अतिथिको निम्तोमा गृहजिल्ला आइपुगेका पोखरेललाई सम्मानपत्रसँगै दोसल्ला ओढाएर मायाको चिनो प्रदान गरिएको थियो ।

चितवनमा जन्मिएर नेपाली गीतसंगीतको क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका कारण उनलाई सम्मान गरिएको हो । थुप्रै आधुनिक तथा चलचित्रका गीतहरुमा संगित दिईसक्नु भएका पोखरेल आजका चर्चित एवं ब्यस्त संगितकारका पंक्तिमा पर्ने गर्छन् । हालै उनले देवल भण्डारीको शब्दमा रहेको एब्लम स्वर्णिम सपना नामक एल्बमा संगित दिनु भएको छ । जुन एल्बममा भारतिय चर्चित गायक गायिकाहरुको स्वर रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु