गृह जिल्लामा राहत बाँड्दै मुना

म्यूजिक खबर
प्रकाशित: २० बैशाख २०७२, आईतवार

काठमाडौं । गायिका मुना थापाले आफ्नो गृह जिल्ला गोरखामा भुकम्प पीडितहरुलाई राहत बितरण गरेकी छन् । गृहजिल्लाको आफ्नो जन्मस्थान मनकामनाबासीलाई गत विहीबार गाउँमा पुगेर राहत बितरण गरेकी हुन् । गायिका थापाले जन्मथलोका भुकम्प पीडितहरुलाई २५ बोरा चामल, २ बोरा नून, १०० मिटर म्याट्रेस, २० कार्टुन बिस्कुट, २० कार्टुन पानी सहयोग गरेकी हुन् । राहत बितरण कार्यक्रममा स्थानीय टाइगर युवा समाजका अध्यक्ष भीमलाल श्रेष्ठ, मनकामना स्वास्थ्य चौकीका प्रमुख हरि कुँवर, कर्मचारी विष्णु खत्री, चन्डीश्वरी प्राविका प्रधानाध्यापक जनकलाल श्रेष्ठ लगायतको उपस्थितिमा मुनाले राहत बितरण गरेकी हुन् ।
भुकम्प गएको एक साता बितिसक्दा पनि सरकारी तबरबाट राहतका कार्यलाई अघि नबढाइएपछि व्यक्तिगत तबरबाट र विभिन्न निजी क्षेत्रबाट सहयोगको कार्यलाई अघि बढाइएको थियो । सोही अनुरुप गायिका थापाले आफ्नो जन्मथलोका केही बासिन्दालाई भए पनि राहत बितरण गरेको बताएकी छन् । मुलुक नै शोकमा डुबेको बेला सरकार मौन हुनु दुर्भाग्य भएको बताउँदै थापाले जसले जहाँबाट जति सकिन्छ सहयोग गर्नुपर्ने अवस्था सिर्जना भएको बताईन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु