गैर आवासीय नेपाली संघद्वारा साईप्रसमा नयाँ वर्ष कार्यक्रम सम्पन्न

म्यूजिक खबर
प्रकाशित: २९ चैत्र २०७४, बिहीबार

२९ चैत, साईप्रस । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA -NCC) साईप्रस द्वारा आयोजित नव बर्ष धमाका कार्यक्रम यहि अप्रिल ८ तारिख का दिन साईप्रसकाे मेन सिटि निकाेसिया काे Trikkis palace Anthoupoli palaichori road hato defrera 2450 मा सप्पन्न गरिएको छ । उक्त कार्यक्रम SAFE HOUSE स्थापनार्थ को लागि एन.अार.एन.ए साईप्रस र सह अायाेजकमा चितवन सेवा समाज साईप्रस संयुक्त अायाेजित गरिएको थियो ।

कार्यक्रममा हाेनरि कन्सुलर साईप्रसका डा.राम जीवन पंन्जियार प्रमुख अतिथिमा हुनुहुन्थ्यो भने अध्यक्ष सुबास मल्ल सभापति हुनुहुन्थ्यो। बिशेष अतिथिमा श्रीमती निलम पंजियार,ब्रिटिस गाेर्खाका समाजसेवि सुरेश कुमार परियार,सल्लाहकार सुरेश शाह लगायत साईप्रसमा अावद्द विभिन्न संघ संस्थाका प्रतिनिधि हरु,पत्रकार महाेदय ज्युहरु उपस्थित थिए।भने डिजे मा बिकाश श्रेष्ठले साथ दिनु भएकाे थियाे।

प्रमुख अतिथि र सभापति ज्यु दुरा दिप प्रज्वल गरि नेपाली राष्ट्रिय गित बाट कार्यक्रम सुरुवात गरिएकाे थियाे। एन.अार.एन.ए साईप्रसका सह सचिव कविता भन्डारिले कार्यक्रम सन्चालन गरेकि थिईन भने सभापति र एन.अार.एन.ए साईप्रसकि महिला प्रतिनिधि तथा चितवन सेवा समाज साईप्रस कि अध्यक्ष जस माया पुन ले नया बर्षकाे शुभकामना सहित कार्यक्रममा उपस्थित सम्पूर्ण नेपाली हरुलाई र सेफ हाउसकाे बारेमा थाेरै जानकारी साथ शुभकामना र साथ सहयोग गर्नु हुने सबै जनालाई धन्यवाद मन्तव्य दिएका थिए।

कार्यक्रममा ५०० जना भन्दा बढिकाे संख्यामा नेपाली हरु उपस्थित थिए। कार्यक्रममा साईप्रसमा अावद्द बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु,पत्रकार संन्चार कर्मिहरु,समाजसेवी र सेफ हाउस काे लागि सहयोग गर्ने हरुलाई खदाकाे माला लगाई सम्मानित गरिएकाे थियाे।

स्थानीय कलाकार हरुकाे बिजाेड प्रस्तुति का साथ अतिथि कलाकारहरु सागर अाले मगर,दिपक वान्तावा राई,बिबि मल्ल ठकुरि ले अाफ्नाे प्याराे दर्शक हरु लाई भरपुर्ण मनाेरन्जन दिएका थिए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु