गोरेको आश गर्दै दिलिप र अनु

म्यूजिक खबर
प्रकाशित: २१ मंसिर २०७४, बिहीबार

२० मंसिर, काठमाडौं । केही वर्षदेखि पर्दामा नदेखिएका नायक रायमाझी चाँडै ‘गोरे’ बनेर फिल्ममा कमब्याक गर्दैछन् । फिल्म ‘गोरे’मा दीलिपले शिर्ष भुमिका निर्वाह गरेका छन् । गाउँले परिवेशदेखि शहरीया परिवेशसम्मको क्यारेक्टर अथवा सोझो गोरेदेखि स्मार्ट गोरेसम्मको अभिनय उनले फिल्म ‘गोरे’मा गरेका छन् । फिल्मको कथा नै दीलिप रायमाझीका लागि लेखिएको र यस्तो क्यारेक्टर उनी बाहेक अरुले गर्न नसक्ने निर्देशक रामेश कुमार राई बताउँछन् ।


मंसिर २९ गतेबाट प्रर्दशनमा आउन लागेको ‘गोरे’मा दिलिपसँगै अनु शाह, राकेश कुमार राई, गुनु घर्ती लगायतका कलाकारको अभिनय रहेको छ । पछिल्लो समय आफू अभिनीत फिल्महरु लगातार असफल भइरहेको अवस्थामा दीलिपका लागि ‘गोरे’ जसरी पनि हिट हुन आवश्यक छ । दीलिपसँगै नायिका अनु पनि ‘गोरे’ले आफ्नो सुस्ताएको फिल्मी करिअर माथी उठाउनेमा विश्वस्त छिन् ।

सुर्य जिसिको प्रस्तुती तथा रुपा जिसिको निर्माण रहेको फिल्मलाई हरिनारायण चौधरीले छायांकन गरेका हुन् भने लेखन शंकर अधिकारी ुघायलुको रहेको छ । फिल्मका गीतमा बिकाश चौधरीको संगीत सुन्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु