‘गोल्डेन आइडल’को अन्तिम प्रतिस्पर्धा शनिबार हुने

म्यूजिक खबर
प्रकाशित: २४ चैत्र २०७२, बुधबार

काठमाडौं । हरेक हप्ता नेपाल टेलीभिजन २ बाट प्रसारण हुँदै आएको चर्चित कार्यक्रम ‘गोल्डेन आइडल’ सिजन थ्रिको अन्तिम प्रतियोगी बिच, आगामी शनिबार अर्थात चैत २७ गते अन्तिम प्रतिस्पर्धा हुने भएको छ । पोखरा स्थित सभागृहमा हुने फाइनल कार्यक्रमको अन्तिम तयारी पुरा भएको आयोजक संस्था गोल्डेन स्टार मल्टिमिडियाका प्रवन्ध निर्देशक सरन गुरुङले जानकारी गराएका छन् ।बिभिन्न चरणबाट छानिन सफल भएका नृत्य तथा गायन विधाका उत्कृष्ट पाँच र जज सेलेक्सनमा परेका तिन गरी उत्कृट १३ प्रतियोगी प्रतियोगीताको अन्तिम प्रतिस्पर्धामा भिड्ने छन् । गायन, नृत्य तथा अभिनय प्रति रुची भएका र अवसरको खोजिमा रहेका युवा युवतीको क्षमता उचार गरी देशलाई गायन, नृत्य र अभिनयमा उत्कृष्ट प्रतिभा दिने उदेश्यले प्रतियोगीता आयोजना गरिएको हो ।

16040624g

प्रतियोगीताको निर्देशक रेनुका गुरुङ रहेका छन् भने कार्यक्रम संयोजन सपना श्रेष्ठ र व्यावस्थापन सुशिल पोख्रेल रहेका छन् । आयोजकका अनुसार प्रतियोगीताको बिजेताले बिभिन्न अवसरका साथै उपहार समेत प्राप्त गर्ने छन् ।

16040624gf

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु