गोविन्दको अनुहार ऐनामा

म्यूजिक खबर
प्रकाशित: १७ फाल्गुन २०७१, आईतवार

काठमाडौं । मानिसको चाहना पनि विचित्रैको हुदो रैछ, कोही डाक्टर, इन्जिनियर बनेर पैसा कमाउने सोच बोकेर हिंडेका हुन्छन् भने कोही चाहीं कलाकारीतामा लागेर नाम कमाउने उव्देश्यले वर्षौ संघर्ष गरिरहेका हुन्छन् । यस्तै रंगिन दुनियाँमा आफ्नो भविश्य खोजिरहेका युवा प्रतिभाको नाम हो टेक बहादुर के.सी.(गोविन्द) । सुपारी, पागलवस्ती, साईकल आदि चलचित्रमा आफ्नो अभिनय पस्कीसकेका टेक ब. के.सी.(गोविन्द) यतिबेला आफै चलचित्र निर्माण गर्ने तयारीमा जुटेका छन् । निर्माणधिन चलचित्र साराखुसीमा अनुवन्धित भैसकेका नायक टेक बहादुर केसी यतिबेला ऐना नामक चलचित्रको निर्माण कार्यमा जुटेका छन् । चलचित्र ऐनाको छायाँकन युरोपमा गर्ने भएकोले उनि यतिबेला लोकेसन हेर्ने सिलसिलामा बेल्जियम पुगेका छन् । नेपाल वक्स अफिस प्रालिको व्यानरमा निर्माण हुन लागेको चलचित्र ऐना देश बाहिर पनि छायाँकन हुने नायक के.सी.ले बताएका छन् ।

tek1 tek

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु