गौतम शेर्पाको झ्याउँकिरी करायो

म्यूजिक खबर
प्रकाशित: ११ चैत्र २०७३, शुक्रबार

चैत ११, काठमाण्डौ । गायनको क्षेत्रमा भर्खरै मात्र प्रवेश गरेका गायक गौतम शेर्पाको झ्याउँकिरी कराउन थालेको छ । बर्षायाममा कराउने झ्याउँकिरी यतिबेला नै कराउन थालेपछि वर्षायाम सुरु भएछ कि भन्ने भान हुन थालेको छ । वसन्त ऋतुको आगमनसँगै आएका गौतम शेर्पाको झ्याउँकिरीलाई यतिबेला सबैले रुचाएको अवस्था छ ।

gautam sherpa
जूनकिरीको अपार सफलतापछि गायक विरही कार्कीले झ्याउँकिरी निर्माण गरेका हुन् । जुन गीत गौतम शेर्पा र देवी घर्तीको स्वरमा बजारमा आएको छ । विरही कार्कीकै शब्द र संगीतमा निर्माण भएको यस गीतलाई सुनखानी म्यूजिकले बजार व्यवस्थापन गरेको छ । यस गीतको म्यूजिक भिडियोलाई शंकर बिसीले निर्देशन गरेका हुन् भने बिसी र अन्जना तामाङले अभिनय गरेका छन् । दुर्गा पौडेलको छायाँकन रहेको यस भिडियोलाई नवीन घर्तीले सम्पादन गरेका हुन् । यस भिडियोको पोस्ट प्रोडक्सनको कार्य भने कृष्ण फिल्म्सले गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु