ग्रिस्मा र प्रास्नाले जिते जुनीयर स्कुल प्रिन्सेस २०१६को ताज

म्यूजिक खबर
प्रकाशित: ११ बैशाख २०७३, शनिबार

काठमाडौं । बार्षिक परीक्षा दिएर बिदामा बसेका साना नानीहरुको समयको सदूपयोग सहित उनीहरुको प्रतिभा प्रस्तुति र व्यक्तित्व विकाशका लागि आयोजना गरिंदै आएको जुनियर स्कुल प्रिन्सेसको पाँचौं संस्करण भव्य रुपमा सम्पन्न भएको छ । शुक्रबार अपरान्ह काठमाडौंको प्रज्ञा भवनमा उल्लेख्य दर्शकहरुको उपस्थितिको साथमा सम्पन्न ‘जुनियर स्कुल प्रिन्सेस–२०१६’ को आयोजना सिजन मिडियाले गरेको हो । ६ देखि १३ वर्ष उमेरका ७६ प्रतियोगी बीच सो प्रतिस्पर्धा भएको थियो । २१ दिनको विभिन्न प्रतियोगिता र प्रशिक्षण पश्चात उनीहरुलाई शुक्रबार अन्तिम प्रशिस्पर्धामा उतारिएको सिजन मिडियाका अध्यक्ष प्रदीप वन्तले कार्यक्रममा जानकारी गराएका थिए ।

winner jsp
‘पाँचौं जुनियर स्कुल प्रिन्सेस–२०१६’को उपाधि सिनियरबाट प्यारागन पव्लीक स्कुलकी १३ वर्षीया ग्रिस्मा योन्जनले र जुनियरबाट लिटिल एन्जल स्कुलकी १० प्रास्ना श्रेष्ठले जितिन् । ग्रिस्माले भिर्योस चवाइस र प्रास्नाले मिस मिस पपुलर र मस्ट ट्यालेन्ट अवार्डको उपाधि पनि हाँसिल गरीन । दुबैले मोवाइल ट्याव, साईलक तथा विभिन्न उपहारहरु पाए । ‘फस्ट रनरअप’को उपाधि सिनियरबाट आकृति पाण्डे र जुनियरबाट गृष्मा पराजुलीले प्राप्त गरे । ‘सेकेण्ड रनरअप’को उपाधि सिनियरबाट अक्षिता साह र जुनियरबाट इमोनीका राइले जिते । यी चार बिजेताले उपाधिसँगै साईकल र विभिन्न उपहारहरु पनि पाए ।

jsp
जित ‘पाचौं जुनियर स्कुल प्रिन्सेस–२०१६’मा विभिन्न उप शिर्षकका उपाधि पनि थिए । जस अन्तर्गत ‘बेष्ट फ्रेन्डसिप’को उपाधि आकृति पाण्डे र दिभ्यता सुनुवार,‘बेस्ट स्माईल’को उपाधि सुस्मा घिसिङर सुभाषी काफ्ले, ‘बेष्ट हेयर’को उपाधि आरती गुरुङ र एन्जल साही, ‘बेष्ट स्किन’को उपाधि श्रीनिधि सर्मा र युकी थापाले जिते ।

jsp1
सोही प्रतियोगितामा ‘मिस हेल्दी’को उपाधि श्रीर्या वज्रजार्य र प्रसन्न थापाले, ‘मस्ट ट्यालेन्ट’को उपाधि प्रसंसा सुवेदीले, ‘मिस इन्थ्युसिएस्टिक’को उपाधि रुचीता वस्याल र इमोनीका राई ‘फेसबुक लाईक अवार्ड’ सेलीना गुरुङ र प्रास्ना श्रेष्ठले प्राप्त गरे ।यस्तै ‘व्युटिफुल आईज’को उपाधि उमा श्रेष्ठ र रचइता थपलियाले, ‘इन्नोसेन्ट चाईल्ड’को उपाधि श्रद्धा सुवेदी र सुवेक्षा श्रेष्ठ, ‘बेष्ट डिसिप्लेन’को उपाधि योजना राना र सम्भावी खड्काले, ‘मिस पँचुवालिटी’को उपाधि रुसा मर्हजन र सुस्मा साहीले, ‘मिस पपुलर’को उपाधि रितिका भटराईले, ‘भिवर्स च्वाईस दिव्यता सुनुवार’ र ‘बेस्ट पर्सनालिटी’को उपाधि शिक्षा तुलाधर र गरिमा पराजुलीले पाए ।

त्यस्तै मिस व्रिलियन्टको उपाधि नवोदित विद्याकुञ्जकी कामना पण्डित र अपेक्षा वाग्लेले चुम्न सफल भए भने अर्गनाइजर च्वाइस अच्छी विदु अर्याल र तेवस्वी भण्डारीले हात पार्न सफल भए ।

junior school princess
अन्तिम प्रतियोगिताको निर्णायकमा पूर्व मिस नेपाल स्वेता सिंह अक्षरा स्कुलकी प्रिन्सिपल अन्जु भटराई, , सिजिका सिनियर जनरल म्यानेजर गरली अग्रवाल ,नायीका रुपा खनाल, स्कीन थेरापीष्ट तथा मोडल आसा सुवाल, पत्रकार मिना सर्मा र मोडल एकता राणा थिए । सो प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए ।

jsp s

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु