घान्द्रुकमा मोटर गएपछि रौनक

म्यूजिक खबर
प्रकाशित: १० माघ २०७३, सोमबार

माघ १०, काठमाण्डौ । कास्कीको रमणीय गाउँ घान्द्रुकमा  मोटर पुगेपछि गाउँलेहरु हर्षित भएका छन् । पर्यटकीय गाउँ घान्द्रुकको वरिपरिको सेरोफेरोले सबैलाई आकर्षित गर्छ । मोदी खोला, चानेको पहाड छिचोल्दै घान्द्रुक गाउँमा मोटर पुगेपछि विमल र सञ्जुले पनि गीतबाटै घान्द्रुकसँग मायाप्रेम जोडेका छन् । गाउँले हर्षित भएका छन् भने पर्यटकीय क्षेत्र घान्द्रुकले गीतसंगीतको क्षेत्रबाट पनि प्रचार प्रसार पाइरहेको छ । त्यसो त गायक विमल परियार त्यही क्षेत्रका गायक मात्र नभएर प्रायजसो घान्द्रुककै विषयवस्तुमा मात्र गीत गाउँदै गाउँको प्रबद्र्धन गर्दै आएका पनि छन् ।

khem gurung
घान्द्रुक देउराली भलाचे पार्क निर्माणका लागि सहयोगार्थ स्वरुप तयार गरिएको म्यूजिक भिडियोमा विमल परियार र सन्जु न्यौपानेले स्वर दिएका छन् । ब्रेज मेश्रो फिल्म्स प्रोडक्सनको प्रस्तुतिमा गम गुरुङ (यूके)को लोकदोहोरी गीत मोटर गयो घान्द्रुकको गाउँ पाखैमा सार्वजनिक गरिएको छ ।  मोटर बाटो गाउँमै पुगेपछि गीतसंगीतका माध्यमले त्यस ठाउँको चर्चा गर्दै गीतकार गम गुरुङले गीतबाट पर्यटन प्रबद्र्धन गरेका हुन् । गम गुरुङको शब्दमा वसन्त थापाको लय रहेको छ ।

bimal pariyar

गुरुङ भाषका चलचित्रका हिरो खेम गुरुङका साथमा रजनी गुरुङ र सुरज गुरुङ अभिनित म्यूजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् । अजय रेग्मीको छायाँकन विष्णु शर्माको सम्पादन रहेको म्यूजिक भिडियोलाई घान्द्रुककै गाउँपाखामा छायाँकन गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु