चटक्कै माया मारेर गए बादल र ज्योती

म्यूजिक खबर
प्रकाशित: १९ आश्विन २०७२, मंगलवार

काठमाडौ । चर्चित गितकार नयन अधिकारीको पहिलो एल्बम ‘नयन’को सर्बाेत्कृट गित ‘चटक्कै माया मारेर….’को म्युजिक भिडियो निर्माण गरिएको छ । शनिबार नगरकोट स्थित मधुबन रिर्सोटमा क्याम्प फायर सहित भिडियो निर्माण गरिएको हो । रोमान्टीक थिम उठाइको भिडियोमा बादल श्रेष्ठ र मिस टिन २०१४ की बिजेता ज्योती क्षत्रीले मोडलिङ गरेका छन् । दुई बर्ष अगाडी सार्वजनिक यो गीत माथी बुढासुब्बा डिजिटल प्रालीले भिडियो निर्माण गरेको हो ।
गितमा अर्जुन पोखरेलको संगित तथा स्वरुपराज आचार्य र दर्गा खरेलको स्वर रहेको छ । चर्चित निर्देशक रत्न जोसीले भिडियो निर्देशन गरेका हुन् । युगल जोडिको प्रेमकथा रोमान्टीक पारामा आफुले भिडियोमा प्रस्तुत गर्न खोजेको निर्देशक जोशीले बताए । ‘अहिलेसम्म बजारमा आएका म्युजिक भिडियोका भन्दा फरक थिम मैले भिडियोमा दिएको छु ’ जोसीले भने भिडीयोमा दुबै मोडलले उत्कृष्ट काम गरेका छन् ।’ कोरियोग्राफी समेत जोसीकै रहेको भिडियोकोे छायांकार नबिन के श्रेष्ठ रहेका छन् ।

nayan adhikari (2)
२०५४ देखि लगातार निर्देशनमा रमाउदै आएका जोसीले अहिलेसम्म ५०० बढी म्युजिक भिडियो, दर्जनबढी साना चलचित्र र दर्जनकै हााराहारीका ठुला चलचित्रमा कोरीयोग्राफी गरेका छन् । जोसीका निर्देशनमा बनेका मुसुमुसु हासीदेउ..,के सन्देश बोकी ल्यायो..,डाडापाखा छहाराले..लगाएतका सयौ गितका भिडियो उत्कृष्ठ ठहरीएका छन् ।

nayan adhikari (4) nayan adhikari (1)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु