चन्दा दाहालले लचक्क कम्मर लच्काएपछी (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: ९ मंसिर २०७४, शनिबार

मंसिर ९, काठमाडौं । नेपाली लोक गीतको विधामा संघर्षरत् गायक प्रशान्त ओलीको सुमधुर अवाजमा एकल एल्बम ‘लचक्क कम्मर’आजबाट सार्वजनिक भएको छ । माया प्रेमका भावलाई रोमान्चकरुपमा गीतको भिडियोमा समेटिएको छ ।

सुन्दर रुपमा रहेकी चन्दा दाहाललाई पश्चिमको मायालुले आफनो प्रेमीका बन्नको लागी गीत मार्फत ब्यक्त गरिएको छ । चन्दालाई आफनो बनाउनको लागी सहयोग गर्नको लागी ओम श्रेष्ठ , राजन, उजयले निकै मेहनत गरेका छन् । मायाको अभावमा प्रेमीकाको खोजीमा रहेका उनीहरुले आफनो मायाको पासोमा बाध्नको हरपल प्रयासरत रहेका छन् । चन्दाको प्रेममा रहेका उनीहरु जिवनमा मायामा निकै अपरिपक्क रहेको देख्न सकिन्छ ।

जीवनमा हुने रोचक दृष्यहरु समेटिएको यो गीतलाई प्रशान्त ओलीले स्वर भरेका छन भने प्रशान्तले नै संगित , शब्द तथा लय गरेका छन । अनिश लामाको निर्देशनमा तयार परिएको भिडियोलाई मुकेश हुमागाईँले छायाँकन गरेका हुन् भने अविनास डिसिले सम्पादन गरेका छन् । भिडियोमा चन्दा दाहाल,ओम , राजन , उदयको अभिनय रहेको छ ।

भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु