चम्किँदैछन् कलिका कृष्ण

म्यूजिक खबर
प्रकाशित: २० आश्विन २०७१, सोमबार

काठमाडौं, २० असोज । गायनलाई नै आत्मसात गरेर अगाडि बढिरहेका गायक कृष्ण काफ्ले यतिखेर कलिका कृष्णका रुपमा चम्किँदैछन् । पछिल्लो समयमा उनले गाएका गीतहरुले बजारमा चर्चा पाउन थालेपछि उनको चर्चाले चुलीमा पुर्याएको छ । फूल जस्तो रुप तिम्रो काँडा जस्तो बानी बोलको गीत यतिखेर डिजिटिल प्रविधिमा चर्चा बटुल्दै छ भने उनको चलचित्रका गीतहरु बैंकको झड्काले पनि उत्तिकै चर्चा पायो । त्यस्तै पछिल्लो समयमा हवल्दार सुन्तली र लभ यू बाबा जस्ता चलचित्रमा पनि पाश्र्व स्वर दिएका कृष्ण काफ्लेले दशैंको छेको पारेर गाइएको गीत दशैं आयो तिहार आयोबाट पनि निकै हौसिएका छन् । परदेशमा रहेका नेपालीलाई लक्षित गरेर निकालिएको दशैं आयो तिहार आयो गीतले चर्चामा पुगेपछि उनका एकपछि अर्को गीतहरुले गायनमा उर्जा थपेको उनी बताउँछन् ।
घातक बाटो९वे टु इन्जवमरी०, अप्रिल पूmल , पत्थर , धरतीपुत्र , ब्याक नाईट , हवल्दार सुन्तली लगायतका चलचित्रमा काफ्लेका आवाज लोकप्रिय बनिरहेका छन् । दिपक शर्मासँग पछिल्लौ समयको संगतमा उनले धेरै गीत गाइसकेका छन् । संगीतकार दिपक शर्मा पछिल्लौ समयका चर्चाका संगीतकारका रुपमा परिचित छन् पनि उनीसँगकौ यात्रामा कृष्णलाई पनि सहज भएकौ छ ।
छोटो समयमा नै काफ्लेले १० वटा भन्दा बढी कलेक्सन एल्वम र ३६ वटा भन्दा बढी आधुनिक गीत र गजलमा गीतमा श्वर दिइसकेका गायक काफ्लेको सङ्गीतमा थुप्रै गायक गायिकाहरुले गीत पनि गाइसकेका छन् ।
‘चोट दिने माया तिमी खुसी मनाउनु , सक्छौ अब जीवन साथी उतै बनाउनु’ बोलको गीत मनोजराज सेवाको आवाजको गीतमा कृष्णको सङ्गीत रहेको छ । यस्तै ‘नशामा डुब्न मन लाग्यो माया सँगसँगै पिउँ’ बोलको गीतमा काफ्लेले सङ्गीत दिएका छन् । तीन वर्ष अघि देखि काफ्लेले चण्डीप्रसाद काफ्लेसँग सङ्गीत शिक्षा लिरहेका काफ्लेले गीतसंगीतलाई नै आफ्नो जीवनको मूल धर्मका रुपमा लिएका छन् ।

 

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु