चम्पा चमेलीजस्तै सम्झना

म्यूजिक खबर
प्रकाशित: ३ मंसिर २०७२, बिहीबार

सालैजो जस्तो मौलिक गीतबाट सांगीतिक क्षेत्रमा प्रवेश गरेकी सम्झना लामिछाने मगर यतिबेला भने चम्पा चमेली बनेकी छन् । मिठो स्वरकी धनी गायिका सम्झना त्यसो त लोक गीतको माधुर्यतामा पनि धेरै नझुमेका भने होइनन् । कुनै बेला उनको गीत यति चर्चामा रह्यो सबैको मुखमुखमा झुन्डिन सफल भयो । फुल फुलेर पहेंलै भयो, घरमा पराल बारीमा बन्सो, बनमा फूल बासायो जस्ता सुपरहिट दोहोरी स्रोता सामु पस्किसकेकी सम्झनाले डेढ दर्जन देशमा आफ्नो सांगीतिक प्रस्तुति पनि दिइसकेकी छन् ।
मौलिक लोकगीत नै आफ्नो पहिचान बनाउन सफल भएकी गायिका सम्झनाले पछिल्लो समय भने आफूलाई राष्ट्रियता झल्काउने गीततर्फ मोडेकी छन् । म जहाँ छु त्यहाँ मेरो राष्ट्रियता हुनुपर्छ, हरेक मानिसको मनमस्तिष्कमा नै राष्ट्रभाव हुनुपर्छ, सम्झनाले भनिन् । उनको राष्ट्रप्रेममा केही दिन पहिला मात्र सार्वजनिक भएको गीत हो ‘चम्पा चमेली’ ।


चम्पा चमेली एउटा फूल हो तर उनी त्यो चम्पा चमेली फूलभन्दा अझ राम्री छन् । उनको सुन्दरता रुपमा मात्र होइन भावना पनि छ, स्वरमा पनि छ । अहिलेसम्म ४ वटा लोकदोहोरी गीतको एल्बम बजारमा ल्याइसकेकी सम्झनाले । त्यस्तै चार वटा तीजको गीत पनि गाइसकेकी छन् । उनी राम्रो अभिनय गर्छिन्, हेर्दैमा मौलिकतासहितको पोशाकमा सजिने गरेकी उनको स्वरदेखि पहिरनसम्म नै मौलिकता झल्किने गरेको छ । यतिबेला मलेसियामा हुन लागेको दीपावली साँझमा आफ्नो प्रस्तुति दिन मलेसिया पुगेकी सम्झनाले दीपावली साँझमा नेपाली कलासंस्कृतिलाई पस्कने छिन् ।

samjhana lamichhane11 samjhana lamichhane10 samjhana lamichhane9 samjhana lamichhane6 samjhana lamichhane5 samjhana lamichhane4 samjhana lamichhane12 samjhana lamichhane3 samjhana lamichhane2 samjhana lamichhane1

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु