चर्चामा प्रेम र सिताको तिज गीत बच्चाको साथी

म्यूजिक खबर
प्रकाशित: ११ श्रावण २०७५, शुक्रबार
साउन ११/

मौलिक नेपाली लोकदोहोरी गीतको खडेरी परिरहेको बेला पछिल्लो समयमा निकै मिठो मौलिक तिज गीतहरु बजारमा आउने क्रम बढिरहेको छ यहि भिडमा एउटा नयाँ मौलिक तिज गीत तथा भिडियो बजारमा आएको छ । शरु शर्मा कडेलको प्रस्तुति रहेको तीज गीत “बच्चाको साथि“सार्वजनिक भएको छ ।

गायिका सिता श्रेष्ठ र प्रेम सापकोटा सोनुको आवाज रहेको सो गितको शब्द संगीत भने गायक स्वयम प्रेम सापकोटा सोनुले गरेका छन् ।

गितको सम्पुर्ण पक्ष राम्रो छ भने गितलाई स्मृति तिमिल्सिनाले म्युजिक भिडियो निर्देशन गरेकी छन भने स्मृति तिमिल्सिना र युवा पुस्ताका चर्चित युवा मोडल जेम्स बिसिको अभिनय रहेको छ ।

गित सार्वजनिक भए पछि गायक द्धय प्रेम र सिताले विगतका सिर्जना जस्तै यो गितलाई पनि सबैले मन पराइदिनेमा आफु आशावादी रहेको बताउनु भयो ।

यस गीतको सम्पादन प्रकाश धमलाले गरेका हुन भने दुर्गा पौडेल,शुरेश श्रेष्ठ र संगम प्रकाश कडेलले छायाकन गरेको यस म्युजिक भिडियोको द्रश्य निर्माण भने गुरुआमा फिल्मस प्रा.लिले गरेको छ । यस म्युजिक भिडियोलाई बजार व्यवस्थापन तथा वितरण भने आरति मिडिया प्रा।लिले गरेको छ ।

हेर्नुहोस भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु