चर्चामा मोहनको ‘दमक बजार’ ! यस्तो छ भिडियो हेर्नुहोस् !

म्यूजिक खबर
प्रकाशित: १० माघ २०७४, बुधबार

माघ १०, काठमाडौं । सांगितिक आकाशका उदीयमान एवं प्रतिभाशाली गायक मोहन थेगिमले ‘दमक बजार’ बोलको गीत भर्खरै बजारमा ल्याएका छन । यसको भिडियो हेरेर दर्शकले राम्रो प्रतिक्रिया दिइरहेका छन् । उक्त गीतलाई थेगिमको “मेरो एकल यात्रा” नामक एल्बममा समावेस गरिएको छ ।

थेगिमको आफ्नै शब्द र लयसंकलन रहेको दमक बजार गीतमा सीता राइले स्वरमा साथ दिइकी छिन भने अशोक थापाको संगीत संयोजन रहेको छ ।
मोहन थेगिम ,निशा योङहाङ र प्रतिक्षा अधिकारीको अभिनय रहेको भिडियोलाइ नबिन राइले क्यामरामा कैद गरेका छन् ।

त्यसै गरी उक्त भिडियोलाई जगन साम्पाङले सम्पादन ,दिनेश माङमुले नृत्य समालेका छन् भने यो भिडियोको निर्देशन नरेन्द्र लावतीले गरेका छन् ।
भिडियो हेर्नुहोला !

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु