चर्चित कलाकारको साथमा अमेरिकामा सांस्कृतिक कार्यक्रम सम्पन्न

म्यूजिक खबर
प्रकाशित: १८ पुष २०७३, सोमबार

पौष १८, काठमाण्डौ ।  तमु समाजको आयोजनामा अमेरिकाको बाल्टिमोरमा ल्होसार सांकृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाली चर्चित कलाकारहरु गायक कन्हैया सिंह, ओकिली बेण्डका गायक सृजन ताम्राकार, गायिका अन्जना गुरुङ बरिष्ठ लोक गायक प्रेमराजा महत लगायतले प्रस्तुति दिएका थिए । साथै देब किरण शाही, प्रेम गुरुङ शान्ति गुरुङ, रोशनी गुरुङ र स्थानिय चर्चित तमु कलाकारहरुको समेत सहभागिता रहेको थियो । गुरुङ कला संस्कृति झल्काउने खालका झाँकी र बाद्यबादनको पनि रोचक प्रस्तुति रहेको थियो । तमु समाजका अध्यक्ष दिनेश गुरुङ (डि जे दिनेश) को संयोजकत्वमा भब्य रुपमा सम्पन्न भएको उक्त कार्यक्रमका सांस्कृतिक संयोजन भने कलाकार कुल प्रशाद गुरुङले गरेका थिए ।

kanaiya-singh

tamu-samaj

premraja-mahat

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु