चर्चित कलाकारको साथमा फ्रेण्डसीप धमाका

म्यूजिक खबर
प्रकाशित: २० माघ २०७२, बुधबार

मलेसिया । चिनियाँ नयाँ वर्षको अवसरमा मलेसियामा रहेका नेपालीहरुले सांगीतिक मनोरञ्जन दिने उद्देश्यले ’फ्रेण्डसीप धमाका ७’ गर्दैछन् । फ्रेण्डसीप धमाका इभेन्ट्स र जया मार्केटले संयुक्त रुपमा आयोजना गर्न लागेको यो सांगीतिक मेलामा नेपालबाट चर्चित कलाकारहरुको टोली मलेसिया आउने भएका छन् । मलेसियामा कार्यरत नेपालीहरुलाई मनोरञ्जन दिन ख्यातिप्राप्त कलाकारहरु नायिका रेखा थापा, गायक प्रमोद खरेल, नृत्य निर्देशक शिव विक, अभिनेता सुनिल थापा, हास्यकलाकार किशोर भण्डारी ’डिट्ठा साब’, हास्यकलाकार रेश्मा तिमिल्सिना, गायिका अमृता लुङगेली मगर, र प्रस्तोता नरेश भट्टराई मलेसिया आउन लागेका हुन् ।

उनीहरु फेब्रुअरी ४ मा मलेसिया आउन लागेको कार्यक्रम आयोजकमध्येका जया मार्केटका प्रबन्ध निर्देशक जयाराम तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार कार्यक्रम सम्पूर्ण तयारी भइसकेको छ । हाल आयोजक टीम प्रचार प्रसारमा जुटेको छ । त्यस्तै मलेसियामै आफ्ना कला प्रदर्शन गरेर दर्शक रिझाएका मलेसिया डान्स स्टार विशाल नेगी र सुमित स्याङतान लगायतले पनि आफ्ना प्रस्तुती पस्कनेछन् भने मलेसियामै विजनेश गर्दै आएका नायक दिनेश थापाको पनि प्रस्तुति रहने भएको छ ।

friends dhamaka-large

चिनियाँ नयाँ बर्ष सार्वजनिक विदा पर्ने र अधिकांश नेपालीलाई छुट्टी मिल्ने हुँदा कार्यक्रम गर्न लागिएको आयोजनक क्रिस पुलामीले जानकारी दिए । विगत ६ वर्षसम्म निरन्तर आयोजना गर्दै आएको फ्रेण्डसीप धमाका यसपाली भने मलेसियाका प्रमुख चार शहरमा आयोजना हुने भएको छ ।

कार्यक्रम फेब्रुवरी ६ मा जोहोरबारुस्थित न्युयोर्क होटल, ७ मा पेनाङ बिएमस्थित देवान हल, ८ मा क्वालालम्पुरस्थित चिन्हु स्टेडियम र ९ मा बातुपहात एसजे स्कूल हलमा हुनेछ । यो सांगीतिक कार्यक्रमको मूख्य प्रायोजक मलेसियाली सेवा प्रदायक संचार कम्पनी ’हटलिंक’ रहेको छ । त्यस्तै एमएस स्ट्रिम्स, आइएमई र मुनिरा इन्टरनेशनल प्रालिले सह–प्रायोजन गरेका छन् । कार्यक्रमको संयोजन एनएमसी युनिभर्सलले गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु