चर्चित कलाकारको साथमा सिड्नीमा ल्होछार पर्व मनाइँदै

म्यूजिक खबर
प्रकाशित: ११ पुष २०७३, सोमबार

काठमाण्डौ । सिड्नीमा तामाङहरुको सास्कृतिक एवं मौलिक पर्ब नयाँ बर्ष अर्थात सोनाम ल्होछार को धुमधाम तयारी हुँदै छ । तामाङ सोसाइटी अफ यन यस डब्लु ९ सिड्नी परिवार सदा झै यो बर्ष पनि तामाङहरुको मौलिक पर्व सोनाम ल्होछार २८५३ ज्या ल्होछार (चरा बष) मनोरन्जनात्मक कार्यक्रम लिएर आउँदैछ । यस स्टडी अष्ट्रेलियाको मुख्य प्रायोजनमा आगामी २८ जनवरीमा पिटरस्याम टावन हलमा हुने यस भब्य कार्यक्रममा नेपालबाट चर्चित गायक रोज मोक्तान अनी हास्य तथा रङमन्च कलाकार बुद्धी तामाङ उर्फ हैट आउने भएका छन । तामाङहरुको परम्परागत कला , संस्कृती झल्कने झाँक्री लगायत तामाङसेलोका साथै बिशेष डम्फु नाच समेत यो कार्यक्रमको मुख्य प्रस्तुती हुने तय भएको छ ।

युवाहरुको ढुक्ढुकी हिप होप गायक तथा स्टाइलिश दामी बोइ फुबा तामाङ र दिल तामाङको समेत प्रस्तुती रहने यो कार्यक्रममा सिड्नीका अन्य स्थानिय कलाकारहरुको पनि सहभागीता रहने छ । स्वदिस्ट नेपाली खाना सहित तामाङहरुको संस्कृति झल्कने गीत संगीत र पेट मिची मिची हास्ने यो कार्यक्रम को टिकट दर बिशिस्ट ४५० र साधारण ४३५ गरी दुई प्रकार को रहेको छ ।lochar-sidney

सन २००९ देखी औपचारिक रुप मा सिड्नी मा मनाउदै आइरहेको सोनाम ल्होछार ले तामाङहरुको कला संस्कृती बचाउन महत्पूर्ण भुमिका खेल्नुका साथै बहु संस्कृति अष्ट्रेलियाली परिबेशमा समेत छुटटै टेवा पुर्याउँदछ । बुद्ध पूजा र लामा प्रवचनबाट सुरु हुने यस कार्यक्रममा सम्पूर्ण सिड्नीबासी नेपाली समुदायलाई उपस्थिती को लागि कार्यबाहक अध्यक्ष दिल तामाङले निमन्त्रणा दिएका छन् । नेपालबाट यती धेरै टाढा आएर पनि नेपाली कला संस्कृतीलाई माया गर्नु पर्दछ भन्ने भावना राख्ने तामाङ समुदायका सम्पूर्ण सदस्यहरु नेपालका बिभिन्न भागबाट आएका छन ।

हरेक बर्ष अली फरक प्रस्तुती दिने र सके सम्म सबै नेपाली समुदाय लाई समेट्ने प्रयास आयोजकहरुले राखेका छन । लगभग ७०० देखी ७५० मानिसहरु उपस्थिती हुने यो वार्षिक कार्यक्रममा च्याङ्बा र मैच्याङहरु को बाक्लो सहभागीता हुने पाइएको छ । टुङ्ना , डम्फु र सेलो नाचले ताम्झाम हुने यस कार्यक्रमले तामाङहरुको सास्कृतिक पहिचान तथा परम्परा को ठुलो भाव बोकेको हुन्छ । भगवान गौतम बुध्द नेपाली भुमीमा जन्मेका हुन भन्ने मुल नारा लाई पनि यस्तो कार्यक्रमले सार्थक दिलाउँदछ ।
थप जानकारी को लागि दिल तामाङ ०४०१ ५६४ ५६२ र किशोर लामा ०४०६ ६७५ ८९९ मा सम्पर्क गर्नु होला ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु