चर्चित कलाकारको साथमा हङकङमा गोधुली साँझ हुँदै

म्यूजिक खबर
प्रकाशित: १२ मंसिर २०७३, आईतवार

काठमाण्डौ । हङकङमा गोधुली साँझ हुने भएको छ । डिसेम्बर ४ तारिक साँझ ६ः३० बजे हङकङको याउमा तेई कम्युनिटी हलमा कार्यक्रम आयोजना हुने भएको हो । मृगौला पिडीत रुपा तामाङको सहयोगार्थ गोधुली साँझ आयोजना गर्न लागिएको हो । उक्त कार्यक्रममा राष्ट्रिय स्तरका गायक गायिकाहरु –युवराज चौंलागाईं, बिमल परियार, भुमिका गिरी, रुपा गुरुङ, र रीना थापा मगर लगायतका कलाकारको साथमा स्थानिय प्रतिभाहरुको समेत प्रस्तुति रहनेछ ।

डम्बर गुरुङ र प्रताप थापा मगर आयोजनामा हुन लागेको उक्त कार्यक्रमको लागि यतिबेला सम्पूर्ण तयारी सकिएको स्रोतले जानकारी दिएको छ । निस्वार्थ सामाजिक भावले आयोजना गरिएको कार्यक्रम साथै नेपाली चर्चित कलाकारहरुको बेजोड प्रस्तुती पनि भएकाले सम्पूर्ण हङकङबासी नेपालीहरुको साथ र सहयोग मिल्नेमा आयोजक पक्ष विश्वस्त रहेको जानकारी प्राप्त भएको छ ।yubraj-chamlagai_bimal-pariyar

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु