संगीतकार अर्जुनले ‘हिन्दु बौद्ध’…(जे जे नि बन्न सक्छु)’भनेर लेखेपछि

म्यूजिक खबर
प्रकाशित: ३१ भाद्र २०७३, शुक्रबार

काठमाण्डौ । विश्वमा स्वःधर्म त्याग गरिअन्य धर्ममा प्रवेश गर्नेहरुको जमात बाक्लै छ । आर्थिक प्रलोभन वा धार्मिक विश्वासका कारण धर्म परिवर्तन गर्ने विभिन्न क्षेत्रका नाम चलेका अनुहार पनि नभएका होइनन् । यस्तै नेपाली कलाकारीता क्षेत्रका चर्चित संगीतकार अर्जुन पोखरेलले पनि ‘हिन्दु बौद्ध होस् वा क्रिश्चियन, जे जे नि बन्न सक्छु’ भनेर लेखेका छन् । सांगीतिक यात्राको छोटो दुरीमा ठूलो उचाईमा पुग्न सफल भएका संगीतकार पोखरलले आखिर हिन्दु बौद्ध क्रिश्चियन जे जे नि बन्न सक्छु भनेर किन लेखे त ? वास्तवमै उनी पनि धर्म परिवर्तनको पक्षमा त छैनन् ? वास्तविकतामा भने पोखरेल धर्म परिवर्तनको पक्षमा रहेर ‘जे जे नि बन्न सक्छु’ भनेर लेखेका भने होइनन् । प्रसंग हो, प्रदर्शनको संघारमा रहेको चलचित्र ‘परदेशीको उमंग’मा रहेको गीतको । यसै चलचित्रका लागि पोखरेलले ‘‘हिन्दु बौद्ध…’ (जे जे नि बन्न सक्छु) भनेर लेखेका हुन् । जसमा संगीत पनि पोखरेलकै रहेको छ ।arjun-pokharelकात्तिक १२ गतेदेखि रिलिज डेट तोकिएको चलचित्र ‘परदेशीको उमंग’मा रहेको उक्त गीतलाई यूट्युबमार्फत सार्वजनिक गरिएको छ भने गीतमा भारतीय गायक नाकाश अजिजको पाश्र्व गायन छ । चलचित्रका निर्देशक शिव शर्माको कोरियोग्राफी रहेको यो गीतमा नायिका बिनिता बराल तथा नायक कुमार बिसीले नृत्य गरेका छन् ।

कुमार बिसीद्वारा निर्माण गरिएको यो चलचित्रमा बिनिता बराल, कुमार बिसी, सीपी पौडेल, रामबाबु रेग्मी, शिव शर्मा, शिला श्रेष्ठ, रमेश पोखरेल, वसन्त अधिकारी आदि कलाकारले अभिनय गरेका छन् । तिहारको पूर्व सन्ध्यामा प्रदर्शन हुने यो चलचित्रको अधिकांश छायांकन दुबईमा गरिएको छ । ‘परदेशीको पीडा कि त भोग्नेलाई थाहा हुन्छ कि चलचित्र परदेशीको उमंग हेर्न दर्शकलाई थाहा हुन्छ’ भन्ने नारा बोकेको यो चलचित्रमा मनमा उमंग बोकेर विदेशिएको परदेशीको कथाव्यथा समेटिएको छ।

‘‘हिन्दु बौद्ध…’ (जे जे नि बन्न सक्छु)को भिडियो हेर्नुहोस् :–

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु