चलचित्रको हिरो मै हुँ – निर्देशक आचार्य

म्यूजिक खबर
प्रकाशित: १ चैत्र २०७२, सोमबार

चलचित्र निर्देशक एंव लेखक विकास आचार्यले ‘नाई नभन्नु ल–४’ को हिरो भनेकै आफैँ भएको बताएका छन् । उनले चलचित्रको ट्रेलर सार्वजनिक गर्दै पत्रकारहरुसंग चलचित्रको हिरो भनेकै आफैँ भएको बताएका छन् । “म आफैँ निर्माता, लेखक, गीतकार, कलाकार भए पछि हिरो म नै हुँ”, आचार्यले पत्रकारहरुसँग भने । कार्यक्रममा चलचित्रमा नायक पल शाहले चलचित्र अभिनय गरेपछि म्यूजिक भिडियोमा अभिनय गर्न छोडेको बताए । नायिका प्रियंका कार्की, वर्षा राउत, आचल शर्मा, अनुभव रेग्मी सबैले आ–आफ्नो प्रतिक्रिया दिएका थिए । त्यस्तै कार्यक्रममा चलचित्रका प्रोडक्सन म्यानेजर एंव कलाकार उत्तम केसीलाई चलचित्र विकास बोर्डको सदस्यमा नियुक्त गरिएकोमा विकास आचार्यले खादा ओढाएर सम्मान गरेका थिए ।

चलचित्रको निर्देशक विकास आचार्य हुन् भने एसोसिएट निर्देशक मुस्कान ढकाल हुन् । हरिबोल भण्डारी, दिनेश पोखरेल निर्माता रहेको यस चलचित्रमा विकास आचार्य, सामीप्य राज तिमल्सेनाको लेखन रहेको छ । बसन्त सापकोटाको संगीत, विकास आचार्य, कृष्णहरि बराल, बसन्त सापकोटाको गीत रचना रहेको यस चलचित्रमा राजेश पायल राई, सुगम पोखरेल, प्रल्हाद तिमल्सेना, प्रेम परियार, रजिना रिमाल, इन्दिरा जोशीको स्वर दिएका छन् ।

bikash acharya
पुरुषोत्तम प्रधानको छायांकन, कपिल पराजुलीको कलर करेक्सन, अर्जुन जी. सी.को सम्पादन, कविराज गहतराजको नृत्य रहेको छ । प्रोडक्सन म्यानेजर उत्तम केसी, विरेन्द्र शर्माकोे रुपमा रहेका छन् भने पाश्र्व संगीत एलिस कार्कीले दिएका छन् । हिमाल के. सी. को द्वन्द्व, मुकेश शाहको मिक्सिङ रहेको यस चलचित्रको सहायक निर्देशक भने सुदीप कुँवर हुन् ।

pal-and-barsha-1
चलचित्रमा सरोज खनाल, प्रियंका कार्की, अनुभव रेग्मी, उत्तम के. सी., शिशिर भण्डारी, मरिचमान श्रेष्ठ (बल्छी), आकाश पलको अभिनय रहेको छ भने पल शाह, वर्षा राउत, आँचल शर्माले चलचित्रमा डेब्यू गरेका छन् । चलचित्र आगामी चैत २६ बाट प्रदर्शनमा आउन लागेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु