चलचित्र ‘आर्या’ को शुभ मुहुर्त

म्यूजिक खबर
प्रकाशित: १५ कार्तिक २०७४, बुधबार

१५ कार्तिक २०७४, काठमाडौं । निकै लामो प्रतीक्षापछि नेपाली सिने जगतमा साहित्यिक कृतिमा आधारित रहेर आर्या चलचित्र निर्माण हुँदैछ । श्री तिमिल्सिना फिल्म प्रडक्सनको ब्यानरमा निर्माणाधिन ‘आर्या’ चलचित्रको मुख्य कलाकारहरुको समुपस्थितिमा गोकर्ण रिसोर्टमा शुभ पुजन सप्पन्न भएको छ।

उपन्यासकार लक्ष्मण सिटौलाको आर्या उपन्यासलाई सजिवीकरण गर्दैछन निर्देशक उपेन्द्र तिमील्सिनाले । नेपाली नारीमाथि राणा कालमा भएको यौन शोषण र ज्यादतीको पक्षलाई अति सुक्ष्म ढंगले अभिव्यक्ति दिने काम गर्नेछ यो चलचित्रले । अविरल बग्दछ इन्द्रावतीका जल्दाबल्दा कलाकार शोबिते नामबाट चिनिने एक पात्र आज आफ्नै सोलो निर्देशनमा आर्या लिएर डेब्यु गर्दैछन। थुप्रै नेपाली चलचित्रमा सहनिर्देशक भएर काम गरिसक्नुभएका निर्देशक उपेन्द्रे तिमिल्सिनाले यो चलचित्रमा आफ्ना कार्यकौशलताको अधिकतम उपयोग गर्दैछन। चलचित्रमा उपन्यासकारले देखेको कल्पनालार्इ जीवन्तता दिनु मेरो कर्तव्य हुन आउँछ उनले भने ।

आर्या उपन्यासबाट चलचित्र निर्माण हुँदै छ र यो उपन्यासमाथी त्रिभुवन बिश्वबिधालय डिग्री लेभलमा थेसिस भइ अ्मेरिका बाट अग्रेजीमा समेत प्रकाशन हुदैछ । र उपन्यास उल्था गर्ने काम कमला रानाले गर्नुभएको थियो ।

हिजोआज बनिरहेका सिनेमाको कथाबस्तु फितलो र गम्भीर नहुने आरोप खेपिरहेको नेपाली चलचित्र उद्योगमा एउटा गम्भीर र संबेदनशील कथाबस्तु बोकेर चलचित्र ल्याउने जमर्को गर्दैछन प्रोडुसर धर्मराज श्रेष्ठले । सामाजिक अभियन्ताका रूपमा परिचित अमेरिका निवासी श्रेष्ठले आफ्नो सेवाको आदि थलोलाइ नेपाल नै चुनेका छन ।

बिषय बस्तु सामाजिक , नारी यौन मनोदशा र कारुणिकतामा चलचित्र उभिदैछ । बनिरहेका चलचित्रको तातिमा अब्बल दर्जाको बिषय बस्तुको उठान भएको र कसैले पनि नभनेको नउतारेको, भन्ने साहास नगरेको , राणा कालखण्डको एउटा अब्यक्त कमजोरीको बल्ल पाटो अब खुल्दैछ ।

नेपालमा अझैसम्म पनि नारीहरु यौन शोषणबाट मुक्त हुन सकेका छैनन।अझै पनि गाउँघर बाट अभिजात्य बर्गले कलीला चेलीबेटी शहरमा ल्याएर फरक ढंगले यौनदासी बनाइरहेका छन, यो कर्तुतको अन्त हुनुपर्छ भन्ने दरो आवाज लिएर आउदै छ चलचित्र आर्या ।
चलचित्र आर्यामा लक्ष्मण सिटौलाको गीत र लेखन रहेको छ भने राम सिटौलाको संगीत रहेको छ । दिव्यराज सुवेदीको छायाँकनमा बन्ने यो चलचित्रमा शिल्पा पोखरेल, अनुपविक्रम शाही, रवि गिरी, सुशील पोखरेल, गीता अधिकारी र निरन्जन शर्माको अभिनय रहने भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु