चलचित्र क्षेत्रले गुमाएका व्यत्तित्व

म्यूजिक खबर
प्रकाशित: १ बैशाख २०७१, सोमबार

काठमाडौं । चलचित्र क्षेत्रले यसवर्ष दुई वरिष्ठ चलचित्रकर्मी गुमाएको छ । चलचित्र निर्देशनको क्षेत्रमा उल्लेख्य योगदान पु¥याएका चर्चित निर्देशक शिव रेग्मी र श्रृंगारका माध्यमले चलचित्रमा उल्लेख्य योगदान पु¥याएका साम्भा डी पाटिलको निधन हुँदा चलचित्र क्षेत्रले पनि राम्रा व्यक्तित्व गुमाएको छ ।
निर्देशक शिव रेग्मीshiva regmi
निर्देशक शिव रेग्मीको निधनले चलचित्र उद्योगमा नै ठूलो क्षति पुगेको छ । सफल र राम्रा चलचित्र निर्देशन गर्दै चलचित्र उद्योगको स्तरोन्नतीलाई चलायमान बनाउन निरन्तर लागिपरेका निर्देशक शिव रेग्मीले प्रेमपूजाबाट चलचित्र लेखन गर्दै मनले मनलाई छुन्छ सम्म निर्देशन र लेखनसमेत गरिरहे । आफन्त चलचित्रबाट निर्देशनयात्रा प्रारम्भ गरेका रेग्मीले सुखदुःख, आफ्नो मान्छे, उपहार, ए मेरो हजुर, पाहुना, दुनियाँ, रामबलराम, युद्ध, अर्जुनदेव, साथी म तिम्रो, मुग्लान, मानिस, कहाँ भेटिएला, हाँसीदेऊ एक फेर, फूल, सो सिम्पल, हामी तीनभाइ, पराई, मनले मनलाई छुन्छ लगायत थुप्रै चलचित्र निर्देशन गरेका छन् । त्यस्तै प्रेमपूजा, अल्लारे, मोहिनी, सिन्दुरपोते, दाग, धर्ती, माइती, गोर्खालीलगायत एक दर्जनभन्दा बढी नेपाली चलचित्र लेखन गरेका छन् । नाटकबाट आफूलाई रंगमञ्चको पर्दामा उतार्दै आएका रेग्मीले धेरै गीत लेखेका छन् भने धेरैमा उनको जीवन्त अभिनय पनि देख्न पाइन्छ । रेग्मीले चलचित्र उद्योगलाई धेरै दिएर गए । उनी मरेर गए पनि उनको सिर्जना अमर रहेका छन् । सफल र सबल सिनेमा दिन सफल रेग्मीको अवसानले चलचित्र उद्योगलाई घाटा पु¥याएको छ ।
शाम्भ डी पाटिल, श्रृंगारsambha-d-patil-make-up-artist
२०४० सालमा बासुदेवबाट चलचित्रमा मेकअप निर्देशन गरेका शाम्भा डी पाटिलले नेपाली चलचित्रको श्रृंगारको क्षेत्रमा उल्लेख्य योगदान दिएका छन् । तत्कालिन शाही नेपाल चलचित्र संस्थानले निर्माण गर्न लागेको चलचित्रका लागि उनी नेपालमा मेकअप म्यानका रुपमा भित्रिएका थिए । गत फागुन १४ गते उनको उपचारका क्रममा निधन भएको हो । आन्द्राको समस्याका कारण वीर अस्पतालमा उपचार गराउने क्रममा उनको निधन भएको हो । चलचित्र उद्योगमा सबैभन्दा धेरै चलचित्रमा श्रृंगारको काम गरेका शाम्भ डी पाटिलले आफ्नो उपचारका लागिसमेत खर्च नभएरै मृत्यवरण गर्न पुगेका हुन् । धेरै चलचित्रलाई राम्रो बनाए तर आफ्नो भविश्य भने नराम्रो बनाएर उनको निधन हुन पुग्यो ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु