चलचित्र पत्रकारिता सम्मान गिरीलाई । भट्टराई र श्रेष्ठलाई पुरस्कार

म्यूजिक खबर
प्रकाशित: २ जेष्ठ २०७१, शुक्रबार

काठमाडौं । चलचित्र पत्रकार संघले आफ्नो स्थापना दिवस एवं चलचित्र पत्रकारिता दिवसको अवसर पारेर लामो समयदेखि चलचित्र पत्रकारितामा क्रियाशील रहँदै आएका पत्रकारहरुलाई सम्मान एवं पुरस्कार प्रदान गर्ने भएको छ । चलचित्र पत्रकार संघले यस बर्षको ‘चलचित्र पत्रकारिता सम्मान–२०७१’ श्री विदुर गिरीलाई दिने निर्णय गरेको छ । साथै यस बर्षको ‘चलचित्र पत्रकारिता पुरस्कार–२०७१’ श्री कृष्ण भट्टराई र श्री राज श्रेष्ठलाई दिने निर्णय गरेको छ । संघका अध्यक्ष शान्तिप्रियको अध्यक्षतामा बिहिबार बसेको वैठकले उक्त निर्णय गरेको हो ।

चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्षसमेत रहेका विदुर गिरी विगत २ दशकदेखि चलचित्र पत्रकारितामा सक्रिय रहँदै आएका छन् । गिरी कामना मासिक पत्रिकाको सम्पादक र नेपाल समाचारपत्रको समाचार सम्पादकसमेत हुन् । गिरीलाई सम्मानित गिरीलाई ताम्रापत्रसहित सम्मान गरिनेछ ।
त्यस्तै चलचित्र पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुहुने पत्रकार कृष्ण भट्टराई कान्तिपुर पब्लिकेशनको साप्ताहिकका वरिष्ठ उप–सम्पादक हुन् भने अर्का पत्रकार राज श्रेष्ठ स्टार एफ एमका कार्यक्रम संयोजक एवं प्रस्तोता तथा कलिउड खबर डटकमका सम्पादक हुन् । पुरस्कृत दुई चलचित्र पत्रकारहरुलाई नगद १५ हजार ५ सय ५५ रुपैयाँ तथा प्रमाणपत्रसहित पुरस्कृत गरिने संघले जनाएको छ ।
यस्तै चलचित्र पत्रकार संघले नेपाल पत्रकार महासंघका लागि पार्षद रहनुभएका तथा यसैपटक सम्पन्न महासंघको महाधिवेशनमा एसोसिएट सचिव पदमा अत्याधिक मतले विजयी भएका धु्र्रव लम्साललाई पनि विशेष सम्मान गर्ने निर्णय संघले गरेको छ । चलचित्र पत्रकार संघले आगामी जेठ ७ गते चलचित्र पत्रकारिता दिवस तथा संघको स्थापना दिवसको अवसरमा आयोजना गर्ने विशेष कार्यक्रममा सम्मानित एवं पुरस्कृत पत्रकारहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिने संघका अध्यक्ष शान्तिप्रियले बताए । वि.सं २०५८ सालदेखि पत्रकारिता पुरस्कार प्रदान एवं २०५९ सालदेखि चलचित्र पत्रकारिता दिवस मनाउँदै आइएको छ ।
krishna Bhattarai

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु