चलचित्र ‘पसिना’को ‘हावा चल्यो सिरिरी’ सार्वजनिक ! (भिडियो)

म्यूजिक खबर
प्रकाशित: १ फाल्गुन २०७४, मंगलवार

फागुन १, काठमाडौं । मंगलावर राजधानीमा एक कार्यक्रमबीच चलचित्र पसिनाको सिनेमाघरमा आउने मिति र एउटा गीत सार्वजनिक गरिएको छ । नन स्टप क्रियसनको ब्यानरमा निर्माण भएको चलचित्र ‘पसिना’ मजदुर दिवसको छेको पारेर २०७५ साल बैशाख १४ गतेबाट देशभरका सिनेमाघरमा आउने भएको छ । ‘गरौँ सत्कर्म बगाउ पसिना’ भन्ने स्लोगन रहेको चलचित्रमा श्रमिकहरुको हक हितको कथा बोल्ने चलचित्रकी निमात्री शान्ता ढाकालले बताइन् ।

आर.बी.खत्री ‘शरद’ निर्देशित चलचित्रले विशेषत महिला श्रमिकहरुको पिडालाई उठान गरेको छ । चलचित्रमा समाजसेवी शान्ता ढकालसँगै इन्जिनियर संजय महतोको लगानी रहेको छ ।

चलचित्र ‘पसिना’ मा गौरब पहाडी, अनु शाह, सरोज खनाल, रबि गिरी, ध्रुब कोइराला, जयनन्द लामा, सरोज अर्याल, सरिता राजउपाध्य, सृजना अधिकारी, शिव शंकर रिजाल, सुरजनी के.सी., शारदा गिरी लगायतका कलाकारको अभिनय रहेको छ । जीवन गौतम सहायक निर्देशक रहेको चलचित्रका निर्माण नियन्त्रक लिसन डी.सी.र कृष्ण रहेका छन् ।


राजनराज शिवाकोटी, धिराज राई र दीपक शर्माको सङ्गीत रहेको चलचित्रलाई नविन निरौलाले सम्पादन गरेकाछन् भने शिव बि.क.को नृत्य निर्देशन तथा देव महर्जनको द्वन्द्व र रामकेसीको छायाँकन रहेको छ ।

सञ्चारकर्मी दीपज्योती थापाले सञ्चालन गरेको कार्यक्रममा समाजसेवी अनिल योगी र सञ्चारकर्मी कृष्ण भुसालले शुभकामना मन्तव्य राखेका थिए । ‘सामाजिक र यथाथ घटनालाई चलचित्रमा उतार्ने प्रयास गरिएको छ’ निर्देशक आर.बि.खत्री ‘शरद’ले भने । सार्वजनिक गीत हावा चल्यो सिरिरिमा नारद रिजालको शब्द, राजनराज सिवाकोटीको सङ्गीत र स्वर रहेको छ भने गौरव र अनु फिचरिङ छन् ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु