चलचित्र ‘बटरफ्लाई’ अल नेपाल प्रदर्शनमा !

म्यूजिक खबर
प्रकाशित: २८ पुष २०७४, शुक्रबार

पौष २८, काठमाडौं । द फ्रेम क्रियशन प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र ‘बटरफ्लाई’ आजबाट अल नेपाल रिलिज भएको छ ।
प्रियंका कार्की, अर्पण थापा र आर्यन अधिकारीको मुख्य भूमिका रहेको चलचित्र बटरफ्लाईमा ओम प्रतीक गुरुङको लेखन तथा निर्देशन रहेको भएको छ ।

रमेश प्रजापति कार्यकारी निर्माता रहने यस चलचित्रमा पुष्पाञ्जली अधिकारी (सखा) निर्माता र रामशरण राणा, भुपेन्द्र सुवेदी, सरोज शाह सहनिर्माता रहेका छन् । कन्ट्रि निर्माताका रुपमा ध्रुवराज रहेका छन् भने सुरेश बज्राचार्यको छायाँकन रहने भएको छ । कविराज गहतराजले चलचित्र बटरफ्लाईको कोरियोग्राफ गरेका छन् । चलचित्रमा कुमार महर्जनको द्वन्द्व रहेको छ ।

विकास चौधरी, दिपक शर्माको संगीत रहेको चलचित्र बटरफ्लाईको गीत शान्तिप्रिय, ओम प्रतिक गुरुङ, प्रमोद ढुंगाना, सरोज लामिछानेको गीत रहेको छ । चलचित्रमा युवराज चौलागाईं, राजेशपायल राई, माण्डवी त्रिपाठी, विश्व नेपाली र कोशिष क्षेत्रको स्वर रहेको छ ।

‘बटरफ्लाई’ प्रदर्शनको दिन नै राजधानीको कुमारी हलमा प्रिमियर शो गरिएको थियो ।

‘बटरफ्लाई’ हेर्नका लागि १६ बर्ष मुनिका बालबालिकाले अभिभावक लिएर जानु पर्ने भएको छ । केन्द्रीय चलचित्र जाँच समितिले दिएको नयाँ सर्टिफिकेट ‘पिजी’ अनुसार उक्त नियम लागु भएको हो । चलचित्रले सेन्सर बोर्डले चलचित्रलाई  ‘पिजी’ (प्यारेन्टल गाइडलाइन्स सर्टिफिकेट) दिएको हो ।
यो चलचित्रसँग रामबाबु गुरुङको निर्देशनमा बनेको मिस्टर झोले भिड्दैछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु