चलचित्र ‘बेबी आई लभ यू’को पहिलो पोष्टर सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: १५ चैत्र २०७४, बिहीबार


काठमाडौं – लिची इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्र ‘बेबी आई लभ यू’ को पहिलो पोष्टर सार्वजनिक भएको छ । राजधानीस्थित युनियन हाउसमा पत्रकार सम्मेलन गर्दै पोष्टर सार्वजनिक गरिएको हो । चलचित्रमा लिची इन्टरटेन्मेन्ट प्रा.लि.का प्रोपाइटर समेत रहेका शिव न्यौपानेको लगानी रहेको छ । जनक पाण्डेको निर्देशनमा बनेको चलचित्रमा सह–निर्माता सिर्जना परियार र दुर्गा पाण्डे रहेका छन् ।

चलचित्रको मुख्य भूमिकामा नायक सन्तोष खड्गीको साथमा सरोज खनाल, पुजा तिवारी, निर्मल शर्मा, राजु कमेडी ‘रेन्बो’, रेशम श्रेष्ठ, अप्सन पन्थी, बिमल गिरी र किरण के. शर्मालगायत लगायतका कलाकारहरुको अभिनय छ । चलचित्रमा सुवास देवकोटाको सम्पादन, पहिलो ब्यानर डिजाइन कमल सापाकोटा, कोरियोग्राफ सरोज अधिकारी, साउण्ड मिक्सिङ निरज केसीको रहेको छ ।

चलचित्र जेठ १८ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउने आयोजकले जनाएको छ । कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष तथा वरिष्ठ निर्देशक तथा कलाकार आकाश अधिकारीले चलचित्रको सफलताको शुभकामना दिएका थिए । त्यस्तै कार्यक्रममा अभिनेता बिपिन कार्कीले पनि चलचित्रको सफलताको शुभकामना दिएका थिए ।

यसअघि चलचित्र ‘बेबी आई लभ यू’को गीत ‘कान्छी मायालु’ युट्युबमा आइसकेको छ । उक्त गीतको भिडियोलाई दर्शकले अत्याधिक रुचाएका छन् । ८१ लाख भ्यूज भएको छ । चलचित्रका निर्माता शिव न्यौपाने भन्छन्, ‘गीत जस्तै चलचित्र पनि दर्शकले रुचाउने कुरामा आफू आशावादी छु ।’ नायक सन्तोष खड्गीका अनुसार यो चलचित्र फरक धारमा आधारित रहेर माया प्रेमको कथालाई चित्रण गरिएको छ । उनले भने, ‘मायाप्रेम गर्दा सुरुमा आँखा जुधाएर वा अन्य तरिकाले गरिन्छ, तर यो चलचित्रमा सुरुमा झगडा गरेर अन्तिममा मायामा परिणत हुन्छ ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु