चलचित्र “मिस नेपाल”को निमात्री र निर्देशकलाई सम्मान

म्यूजिक खबर
प्रकाशित: २४ बैशाख २०७१, बुधबार

प्रर्दशन अगावै निकै चर्चामा रहेको चलचित्र “मिस नेपाल” नारी संघर्ष र साहसमा आधारित सकारात्मक सन्देश बोकेको चलचित्रे भन्दै जोशी सेवा समाज, काठमाण्डौंले गत शनिवार एक कार्यक्रमको बिच काठमाण्डौंमा सम्मान गरेको छ । समाजको १४ औं वार्षिक साधारण सभाको अवसर पारेर गरिएको सम्मान कार्यक्रमका प्रमुख अतिथी मोहन जोशीले निमात्री शुभेच्छा थापा र चलचित्रका निर्देशक सुरेन्द्र तुलाधरलाई मायाको चिन्नो प्रदान गर्दै सम्मान गरिएको हो । “चलचित्र प्रतिको सम्मानले मेरो उत्साह र हौसल्लामा अझै बृद्धि भएको छ, यो सम्मान मेरो मात्र नभई संघर्षशिल र हाम्रो समाज प्रति सर्मप्रित रहँदै आइरहनु भएका सम्पुर्ण महिलाहरुको हो ।” गहँ भरी आँशु पार्दै निमात्री थापाले प्रतिक्रिया ब्यक्त गर्नु भएको थियो ।
काठमाण्डौंको जयनेपाल, हेटौंडाको ओम चलचित्र मन्दिरलगायत केहि हलहरुमा च्यारिटी शो प्रर्दशन गरिसकेको चलचित्र मिस नेपालको गत मे ५ मा अष्ट्रियाको भियनामा समेत भब्य प्रर्दशन गरिएको छ ।
देशमा वर्षेनी सुन्दरी प्रतियोगीताको आयोजना गर्दै आइरहेको आधिकारीक संस्था “हिडन ट्रेजर”ले आफ्नो संस्थाको मानमर्धन गर्ने चलचित्र भन्दै प्रर्दशन रोक्न ठूलै प्रयास समेत गरेको थियो । निमात्री थापाको मुख्य भुमिका रहेको चलचित्रमा अन्य कलाकारहरुमा क्षितिजा शाक्य, कल्याण घिमिरे, सुरज सिंजापती, सविन श्रेष्ठ, रश्मी भट्ट लगायतका  रहेका छन् । चलचित्रको जेष्ठ ९ गते अल नेपाल रिलिज गरिने भब्य तयारी भइरहेको छ ।
राजेन्द्र कार्की

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु