चलचित्र लावाजुनीको पोष्टर सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: ११ कार्तिक २०७४, शनिबार

१५ कार्तिक २०७४, दाङ । पश्चिम नेपालका थारु समुदायमा विगतमा प्रचलनमा रहेको कमलरी प्रथालाई मुख्य विषयवस्तु बनाई निर्माण गरिएको चलचित्र लावाजुनीको पोष्टर सार्वजनिक गरिएको छ । बुधबार घोराहीमा आयोजना गरिएको एक कार्यक्रममा प्रमुख अतिथि मुक्त कमलरी विकास मंचकी पूर्व अध्यक्ष उर्मिला चौधरी,  नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जीएम, दाङ शाखा अध्यक्ष सबिन प्रियानसन, चलचित्रका लेखक एवं निर्देशक केएल पीडित, कार्यकारी निर्माता गेहेन्द्र बस्नेत, युवा अभियन्ता प्रकाश शाही, नायक बीरुभाइ बज्राचार्य, संचारकर्मी बसुन्धरा गौतम, निर्मात्रीद्वय रिना बस्नेत र पद्मा लम्सालले सामूहिकरुपमा पोष्टर सार्वजनिक गर्नुभएको थियो ।


चलचित्रको कार्यकारी निर्माता गेहेन्द्र बस्नेतको अध्यक्षतामा संपन्न पोष्टर सार्वजनिक कार्यक्रममा विषयप्रवेश गराउँदै नेपाल पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष समेत रहेका निर्देशक एवं लेखक पीडितले दास प्रथाको रुपमा प्रचलनमा रहेको कमलरी प्रथाका कारण विगतमा थारु बालिकाहरुले भोग्नु परेको नारकीय जीवन र उनीहरुको मुक्तिको संघर्ष र सपनालाई चलचित्रमा चित्रण गरिएको बताउनु भयो । नेपाल तथा देशबाहिर विशेष प्रदर्शनपछि लावाजुनीलाई हलमा प्रदर्शन गरिने कार्यकारी निर्देशक पीडितले बताउनु भयो ।  कार्यक्रममा प्रमुख अतिथि मुक्त कमलरी विकास मंचकी पूर्व अध्यक्ष उर्मिला चौधरी,  नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जीएम, दाङ शाखा अध्यक्ष सबिन प्रियानसन, युवा अभियन्ता प्रकाश शाही र कान्तिपुर दैनिकका उपसम्पादक दुर्गालाल केसीले चलचित्रको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

 

चलचित्र लावाजुनीमा छबिलाल कोपिला, अनिता महतारा, सुशीला चौधरी,  ज्वाला खतिवडा, वर्षा लम्साल, सुप्रीया देवकोटा, निश्मा वली लगायतका कलाकारहरुको अभिनय रहेको छ ।  चलचित्रको संगीत संतोष श्रेष्ठले गर्नु भएको छ भने कोमल वली, कुलानन्द गिरी, सतिस राजभण्डारी, स्वीकृति डाँगी र कोमलसरी घर्तीको स्वर रहेको छ । नृत्य निर्देशन नरेन्द्र चौधरी गरेका छन् । चलचित्रको कार्यकारी निर्माता गेहेन्द्र बस्नेत हुन् भने रिना बस्नेत, संझना जीएम, पद्मा लम्साल र बसन्तराज भट्ट निर्माता हुन् ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु