चलचित्र ‘हैरान’ निर्देशन गर्ने भए विश्वकै कान्छा निर्देशक सौगातले

म्यूजिक खबर
प्रकाशित: २४ असार २०७३, शुक्रबार

विश्वकै कान्छा निर्देशक सौगात बिष्टले ‘लभ यू बाबा’ पछि दोस्रो चलचित्र ‘हैरान’ निर्देशन गर्ने भएका छन् । गिनिज बुक अफ वल्र्ड रेकर्डमा विश्वकै कान्छा निर्देशकको रुपमा नाम दर्ता गराउन सफल भएका निर्देशक सौगातले काठमाडौँमा एक कार्यक्रमको आयोजना गरि चलचित्र ‘हैरान’ निर्देशन गर्ने बताएका हुन् । चलचित्रमा गजित बिष्ट, निश्मा घिमिरे, आँचल शर्मा, पुस्कर रेग्मी, सत्यराज आचार्य, सलोन बस्नेत, शिशिर भण्डारी, निर्मल शर्मा लगायत कलाकारहरुको प्रमुख अभिनय रहने छ । कार्यक्रममा बोल्दै कान्छा निर्देशक बिष्टले पहिलो चलचित्र ‘लभ यू बाबा’ भन्दा पनि उत्कृष्ट बनाउने दाबी गरेका छन् । सम्झना पोखरले कार्यकारी निर्माता रहेको यो चलचित्रका प्रस्तुतकर्ता मुक्ति घले हुन् भने निर्माताहरु मोहनकृष्ण श्रेष्ठ र डा. वाईएल लामा हुन् ।

16070821IMG_8541 copy

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु