चलाउनेसँगै देउडातिर लागे खरेल

म्यूजिक खबर
प्रकाशित: ६ पुष २०७४, बिहीबार

६ पुष, काठमाडौं । चर्चित गायक प्रमोद खरेल नयाँ र फरक शैलीका गीतबाट जसरी चर्चा बटुल्ने गर्छन् त्यसैगरी अब नेपालको मौलिक कला संस्कृतिमध्ये सदूरको देउडातिर लागेका छन् । गायिका अनिता चलाउनेसँग सहकार्य गर्दै खरेलले देउडा गाएका हुन् । पत्रकार डीबी खड्काको शब्दमा रहेको देउडा गीत ‘देउडा खेल्छु चट्टै’ को एरेन्ज भने विनोद बाजुरालीले गरेका हुन् । उक्त गीतको म्युजिक भिडियोमा शंकर विसी र अञ्जली अधिकारी नाचेका छन् । शंकर विसीले नै निर्देशन गरेको म्युजिक भिडियोको छायांकन राजेश घिमिरेले गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु