‘चलेछ बतास सुस्तरी’ प्रणय दिवसको छेकोमा

म्यूजिक खबर
प्रकाशित: २८ माघ २०७२, बिहीबार

फिल्म इष्डष्ट्रिमा विभिन्न चाडपर्व र संस्कृतिकोे छेको पारेर फिल्म प्रदर्शन गर्नेको होड चल्ने गरेको पाइन्छ । यस्तै प्रणय दिवस अर्थात् भ्यालेन्टाइनको छेको पारेर, माघ २९ गते ३ चलचित्रहरु मैदानमा उत्रिने भएका छन् । सुदर्शन थापाको ‘प्रेमगीत’, दिनेश राउतको ‘क्लासिक’ र प्रदिप भारद्धाजको ‘चलेछ बतास सुस्तरी’ बिच घम्साघम्सी हुने भएको छ । तीन फिल्मको भिडन्तलाई ‘द बिगेस्ट गेम अफ दी इयर’ भनेका छन् लेखक प्रदिप भारद्धाजले । उनि मैदानमा उत्रेको योद्धा कि मर्छ कि जित्छ भन्ने साहसले आफ ू मैदानमा उत्रिसकेको जिकीर गर्दछन् । चलचित्रको ट्रेलर सार्वजनिक पश्चात नै अत्याधिक चर्चामा रहेको र बहुप्रतिक्षीत चलचित्र हो ‘चलेछ बतास सुस्तरी’ । सरल किसिमले प्रेमलाई प्रस्तुत गरिएको चलचित्र ‘चलेछ बतास सुस्तरी’ लाई प्रणय दिवसको अवसरमा सार्वजनिक गरिनु समय सान्दर्भिक रहेको दाबी छ निर्माण पक्षको । ‘चलेछ बतास सुस्तरी’का गीत, संगीत तथा डाइलगहरु पनि दर्शकहरुबाट रुचाइए अनुसार ‘चलेछ बतास सुस्तरी’ सफल हुनेमा पनि टिम ढुक्क छ ।

chalecha batas sustari
प्रमोद भारद्वाज र सुषमा कार्कीको मुख्य अभिनय रहेको फिल्म ‘चलेछ बतास सुस्तरी’ लाई सबु सुवेदी र अनिला खड्काले संयुक्त रूपमा निर्देशन गरेका हुन् । फिल्मको वितरणको जिम्मा पाएका सुनील मानन्धरले पनि तीन फिल्मबीचको तुलना गर्दै भने, ‘तीनवटा फिल्ममा ‘चलेछ बतास सुस्तरी’ लाई अहिले नै पहिलो दाबी त गर्दिनँ । तर चलचित्रले दर्शकको मन जित्नेछ । सुनीलले फिल्मको गीत, संगीत र प्रोमो हेरेरै राम्रो भएकोले आफू यसमा ढुक्क भएको बताउँछन् ।

नायिका सुषमाले भने राम्रो ब्यानरमा काम गर्न पाउँदा खुसीसँगै आशा जागेको बताएकि छिन् । उनले भनिन् ‘त्यत्रो मुभी गरें तर यो नै मेरो डेब्युजस्तो लागिरहेको छ । किनकि फिल्म हेर्ने जतिले सुषमा यति राम्री छ भन्ने सुनेको छु ।’‘सो सिम्पल’ बाट नायकमा डेब्यु गरे पनि सफलताको स्वाद चाख्न नपाएका प्रमोद पनि ‘चलेछ बतास सुस्तरी’ बाट आशावादी देखिए । उनले फिल्मको प्याकेजिङ राम्रो, अर्गा्निक र दोर्होयाएर हेर्न मन लाग्ने खालको भएको दाबी गरे ।

pramod-bhardwaj_susma
बहुप्रतिक्ष्ीत बनेको अत्याधिक चर्चामा रहेको चलचित्र ‘चलेछ बतास सुस्तरी’लाई स्क्रिप्ट राइटर प्रदिप भारद्धाजले निर्माण गरेका हुन् । चलचित्रको ”माँ कसम हिरो बन्ने रहर त बच्चै देखि थियो ‘, ”बतास त चलि सक्यो चल्न देउ ‘ ” ”अब पनि तिमले मेरो फलो गरेउ भने हनुमान ढोकामा जाकिदिन्छु ‘, ”जवानी त साला बाजै बजाएर आयो ‘।” बोलको संबादहरु अहिले निकै चर्चामा रहेका छन् । फिल्मलाई क्रस फिंगर्स इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण गरिएको हो ।

chalecha batas sustari1

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु