चार स्रष्टालाई राष्ट्रिय प्रतिभा पुरस्कार

म्यूजिक खबर
प्रकाशित: ३० असार २०७२, बुधबार

काडमाडौं । यो वर्षको ‘राष्ट्रिय प्रतिभा पुरस्कार’ विभिन्न चार विधाका स्रष्टाले पाएका छन् । २०२औं भानुजयन्तीको अवसरमा सूचना तथा संस्कृतिमन्त्री कृपाशुर शेर्पाले मंगलबार राजधानीमा एक समारोहबिच चार स्रष्टालाई राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरे ।

२ असारको मन्त्रीस्तरीय बैठकबाट निर्णय भएको सो पुरस्कारअन्तर्गत संस्कृति विधामा राष्ट्रिय प्रतिभा पुरस्कार तेह्रथुमका डा। सोमप्रसाद खतिवडालाई प्रदान गरियो ।

संगीत तथा नाट्य विधाको पुरस्कार काठमाडौंकी गायिका तारा थापालाई प्रदान गरिएको छ । यस्तै, ललितकला विधाको राष्ट्रिय प्रतिभा पुरस्कार कास्कीका चित्रकार राधेश्याम मुल्मीलाई प्रदान गरियो भने भाषा तथा साहित्य विधाको राष्ट्रिय प्रतिभा पुरस्कार प्रा।डा। रविलाल अधिकारीलाई प्रदान गरियो । यो पुरस्कारको राशि जनही १ लाख रुपैयाँ रहेको छ ।

tara thapa

सोही कार्यक्रममा मन्त्री शेर्पाले यस वर्षको ‘क्षेत्रीय प्रतिभा पुरस्कार’ पनि प्रदान गरे । उनले यो पुरस्कार हरेक चार विधामा पाँच विकास क्षेत्रबाट एक एक जना गरी २० स्रष्टालाई प्रदान गरे । यो पुरस्कारको राशि जनही ५० हजार रुपैयाँ रहेको छ ।

जसअन्तर्गत संस्कृति विधामा पूर्वाञ्चल विकास क्षेत्रबाट संखुवासभाका डा। गोपाल पोखरेल विवशलाई, मध्यमाञ्चलबाट काठमाडौंकी डा। कल्पना श्रेष्ठलाई यो पुरस्कार प्रदान गरियो । संस्कृति विधाकै पुरस्कार पश्चिमाञ्चलबाट पाल्पाका डा। भवेश्वर पंगेनीलाई, मध्यपश्चिमाञ्चलबाट दाङका डा। शिवकुमार सुवेदीलाई र सुदूर पश्चिमाञ्चलबाट यो पुरस्कार बैतडीका आत्मराम ओझालाई मन्त्री शेर्पाले प्रदान गरे ।

संगीत तथा नाट्य विधाको क्षेत्रीय प्रतिभा पुरस्कार पूर्वाञ्चल विकास क्षेत्रबाट मोरङका गायक रामकुमार मण्डलले र मध्यमाञ्चलबाट भक्तपुरका वाद्यवादक भरत नेपालीले प्राप्त गरे ।

यस्तै, पश्चिमाञ्चलबाट कास्कीका गायक पद्मराज ढकालले पाए भने यही पुस्कार मध्य पश्चिमाञ्चलबाट सुर्खेतका नाट्यकर्मी गणेश गौतमले सुदूर पश्चिमाञ्चालबाट कैलालीका गायक तथा कलाकार राजकुमार जोशीले पाए ।

ललितकला विधाको यो वर्षको क्षेत्रीय प्रतिभा पुरस्कार पूर्वाञ्चाल विकास क्षेत्रबाट इलामका मूर्तिकार विष्णुप्रसाद श्रेष्ठलाई, मध्यमाञ्चालबाट धादिङकी मूर्तिकार सुष्मा सिंखडालाई, पश्चिमाञ्चलबाट कास्कीका चित्रकार आलोक गुरुङलाई प्रदान गरियो । यही पुरस्कार मध्य पश्चिमाञ्चलबाट बाँकेका लोक कलाकार श्याम नन्दन सिंहलाई र सुदूरपश्चिमाञ्चलबाट कैलालीका हस्तकला स्रष्टा रमेश कडायतलाई प्रदान गरियो ।

यस्तै, भाषा साहित्य विधाअन्तर्गत क्षेत्रीय प्रतिभा पुरस्कार पूर्वाञ्चल विकास क्षेत्रबाट झापाका प्रा।डा। भीमप्रसाद खतिवडालाई प्रदान गरियो । यही पुरस्कार मध्यमाञ्चलबाट सिन्धुपाल्चोकका चन्द्रप्रसाद न्यौपानेलाई र पश्चिमाञ्चलबाट स्याङ्जाकी रजनी ढकाललाई प्रदान गरियो । यस्तै, मध्यपश्चिमाञ्चलबाट दाङका छविलाल चौधरीलाई र सुदूर पश्चिमाञ्चलबाट कैलालीका वीरबहादुर चन्दलाई यो पुरस्कार प्रदान गरियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु