‘चासोक तङनाम’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: ११ भाद्र २०७४, आईतवार

भाद्र ११, काठमाडौं । गायक निर्मल सुब्बा र गायिका लक्ष्मी योङहाङद्वारा गाइएको लिम्बु भाषाको गीतको म्युजिक भिडियो ‘चासोक तङनाम’ सार्वजनिक भएको छ ।

रकहाउस क्याफे रातोपुलमा आयोजित कार्यक्रमका प्रमुख अतिथि सर्जक हर्क योङ्हाङ, याक्थुङ हाक्पारे पालाम सयङकी अध्यक्ष रुपा आङवुहाङ्को सभापतित्वमा सम्पन्न सो कार्यक्रममा फुर्तिला युवा निर्देशक लोकेन साँवाले भिडियोको बारेमा चर्चा गरेका थिए भने अन्य वक्ताले आफ्नो भाषा संस्कृतिको जगेर्णाका खातिर यसरी नै जागरुक हुनु पर्नेमा जोड दिएका थिए ।

कलाकार भीम तुम्बाहाङ्फे, लक्ष्मी योङ्हाङ, सैलेन्द्र थेवे, निर्मल सुब्बा लगायतकाले भिडियोमा जिवन्त अभिनय गरेका छन् ।‘तरेमे चासोक तङनाम ओ चुमिरो…..’ बोलको गीतको शब्द हर्क योङहाङ र संगीत अशोक लोहरुङ राईको रहेको छ ।

शैलेन्द्र थेबेद्धारा सञ्चालित सो कार्यक्रममा उपस्थितहरुले लिम्बु भाषाको म्युजिक भिडियो भएकोले भिडियो उत्कृष्ट बनेको प्रतिकृया दिएका थिए । भिडियोको नृत्य निर्देशन अरुणपूर्व केलाङ समूह र याक्थुङ हाक्पारे पालाम सयङले गरेको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु