चासोक तङ्नाम, साकेला उधौली, फोल शाँदार भव्यताका साथ सम्पन्न

म्यूजिक खबर
प्रकाशित: ८ पुष २०७०, सोमबार

भानु सुनुवार÷दोहा, ८ पुस । किरातीहरुका महान चाड तथा राष्ट्रिय पर्व चासोक तङ्नाम, साकेला उधौली, फोल शाँदार– किरात येले तङ्बे÷दोङ्ग÷थोचे–५०७३ तथा बनभोज कार्यक्रम तीन किराती संस्था किरात राई यायोक्खा शाखा कतार, किरात याक्थुङ चुम्लुङ कतार र सुनुवार सेवा समाज कतारद्धारा आयोजित संयुक्त कार्यक्रम २० डिसेम्बर शुक्रवारका दिन कतार स्थित समाल गार्डेनमा भव्यताका साथ सम्पन्न भयो ।
किरात सभ्यताको सरूवात शिकारी पेसाबाट जीवन निर्वाह गर्ने अवस्था देखिनै पूर्खा र प्रकृति पूजाको परंम्परा सुरु भएर खेतीपाती गर्न थालेपछि पनि प्राकृतिक तथा पूर्खा पूजालाई किरातहरुले निरन्तरता दिदै आए । पञ्च महाभूत शक्तिलाई आत्मसात गर्दै आगो पुज्नु, पानी पुज्नु, बायु पुज्नु, भूमि ढोग्नु, आकाश ढोग्नु, जस्ता बोन आचारसंहिता पालना गर्दै प्रकृतिको सम्मान गर्दै आए । अझ खेतीगर्न थाले पश्चात् किरातहरूले उधौली र उभौली गरेर वर्षको २ पटक प्रकृति तथा पूर्खा पुजा गर्ने एक सुनिश्चित परम्पराको थालनी गरे । सुरुमा अन्नबाली लगाउने याममा तथा आफूले लगाएको अन्नबाली पाकेपछि भित्राउँदा, नयाँ अन्न पितृहरूलाई अपर्णगरेर मात्र खाने परम्परा विकास गर्दै गए । यसरी मनाइने चाड किरात समुदायहरुमा गुराँस वा आरु फुलेको याम, जुनबेला चराहरु तथा खोलाका माछाहरु उत्तरतिर लाग्छन्, सो यामलाई बाली लगाउने याम मानेर अन्नबाली सप्रियोस् सहकाल होस् भन्ने कामना गर्दै उभौली र पैयँु फुलेको याममा जुन समय चराहरु र खोलाका माछाहरु दक्षिणतिर लाग्छन, सो यामलाई अन्नबाली भित्राउने याम मानेर नयाँ अन्नबाली प्रकृति र पूर्खालाई चढाएर सुःख समृद्घिको कामना गर्दै उधौली पर्व मनाइन्छ ।
केहि फरक संस्कार भएता पनि किरात समुदायका एउटै संस्कृति छ । तसर्थ सम्पूर्ण किरात समुदायमा एकता हुनुपर्छ भन्ने उद्देश्यले आयोजित संयुक्त कार्यक्रमका सभापतित्व किरात याक्थुङ चुम्लुङका अध्यक्ष लोकेन्द्र तुम्रोक र प्रमुख आतिथी नेपाली राजदुतावास कतारका द्धितीय सचिव हरिहरकान्त पौडेलले गरेका थिए भने बिशेष अतिथिहरुमा नेपाल प्रबासी आदिबासी जनजाति महासंघ कतारका अध्यक्ष बिनेस तामाङ्ग, गैर आवासिय नेपाली संघ अन्तराष्ट्रि समन्वय परिषदका उपाध्यक्ष टि.बी कार्की, गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मक्शुद आलम, किरात याक्थुम् चुम्लुङ कतारका प्रमुख सल्लाहकार दिल किरण खजुम, किरात राई यायोक्खा शाखा कतारका प्रमुख सल्लाहकार चन्द्रसेर राई, सुनुवार सेवा समाज कतारका सल्लाहकार भानु सुनुवार रहेका थिए ।

988409_1416514511919519_1600961381_n
अतिथिहरुमा नेपाल प्रबासी तामाङ्ग सेवा समाज कतारका सदस्य मोहन तामाङ्ग, तमु सेवा समाज कतारका अध्यक्ष विमल तमू, नेपाल प्रबासी मगर संघ कतारका अध्यक्ष शरण थापा मगर, नेवा पुःच दोहा कतार अध्यक्ष किशोर मर्हजन, नेपाली जनसम्पर्क समिति कतारका सभापति बिमल सुबेदी,नेपाल लोकत्रान्त्रिक मन्च कतारका उपाध्यक्ष चानक पोखरेल, मचं सम्वन्ध संघिय लिम्बुवान राज्य परिषद कतारका उपाध्यक्ष यतु कुमार लिम्वु, नबोदित साहित्यिक मोबायल पुस्तकालय अध्यक्ष ईन्द्रमणि नेपाल, नबोदित साहित्यिक बचानालय कतारका सदस्य युगयोगी राई, नेपाली महिला समाज कतारका अध्यक्ष रेखा राई, पाँचथर सेवा समाज कतारका सल्लाहकार खडानन्द वास्कोटा, कास्की आर्दश सेवा समाजका अध्यक्ष आश वहादुर गुरुङ, मोरङसुनसरी सेवा समाज कतारका उपाध्यक्ष टि एन वराल,खोटाङ सेवा समाज कतारका अध्यक्ष मनि प्रशाद आचार्य, सुनसरी सिर्जनशील समाज कतारका अध्यक्ष नरेश क्षेष्ठ, गुल्मी सेवा समाज कतारका सदस्य विष्णु गौतम, प्युठान सेवा समाजका अध्यक्ष छविलाल बि.क रहेका थिए । अन्य अतिथिहरुमा समाजसेवी, ब्यबसायी तथा बुद्धिजिवीहरु अमृत गुरुङ्ग, कमलमणी गुरागाई, उमेश अधिकारी, विनोद भट्टराई, छबिरमण कटुवाल, भिम घले, द्रोण वस्नेत, सुक व.तामाङ्ग तथा यु. के. बाट सुवास अधिकारी रहेका थिए ।

537281_1416514458586191_692531908_n
प्रमुख अतिथी नेपाली राजदुतावास कतारका द्धितीय सचिव हरिहरकान्त पौडेलद्धारा ब्यानर अनावरण तथा दिप प्रज्वलन गर्दै कार्यक्रको शुभारम्भ गरिएको उक्त कार्यक्रममा उपस्थित सबैले राष्ट्रिय गान गाए पश्चात एक मिनेट शहिदहरु प्रति मौनधारण गरेका थिए । आयोजकका तर्फबाट सुनुवार सेवा समाज कतारका का.बा. अध्यक्ष तथा कार्यक्रमका उप–संयोजक किशोर सुनुवारले स्वागत मन्तव्य राखेका थिए भने स्वागत गित लिम्बु साँस्कृतिक परिषदका अध्यक्ष तथा संयोजक श्रवण योङया एवं केवी नेम्वाङ र हर्क खजुम लिम्वुले गाएका थिए । कार्यक्रमको मुख्य आर्कषण साकेला उधौली, चासोक तङ्नाम, फोल शाँदारको आ–आफ्नै परम्परा अनुुसार झाँकीहरु क्रमशः किरात राई यायोक्खा शाखा कतारले साकेला सिली, किरात याक्थुङ चुम्लुङ कतारले केलाङ्, धान नाच र हाक्पारे साम्लो र सुनुवार सेवा समाज कतारले सलाक सिल सलाक गाउँदै ढोल झ्याम्टाको तालमा नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपाली महिला समाज कतारका अध्यक्ष रेखा राई, सम्पूर्ण व्यवसायी, वुद्धिजिवीहरुको तर्फवाट कमलमणि गुरागाई, संम्पूर्ण संघ संस्थाको प्रतिनिधीत्व गर्दै गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मक्सुद आलम, गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष टि.बी कार्की, सम्पूर्ण मातृसंस्थाहरुको प्रतिनिधीत्व गदै नेपाल प्रबासी आदिबासी जनजाति महासंघ कतारका अध्यक्ष बिनेस तामाङ्ग, प्रमुख अतिथी नेपाली राजदुतावास कतारका द्धितीय सचिव हरिहरकान्त पौडेलले शुभकामना मन्तव्य राखेका थिए ।
आयोजकको तर्फबाट किरात राई यायोक्खा शाखा कतारका अध्यक्ष एवं कार्यक्रमका उपसंयोजक धिरज चाम्लिङ्गले सहभागी सबैलाई धन्यवाद ज्ञापन तथा आभार व्यक्त गरेका थिए । उपस्थित सबैलाई मनोरञ्जन दिने अभिप्रायले विविध साँस्कृतिक कोसेलीहरु समेटिएको थियो । मनोरञ्जनात्मक कार्यक्रममा गायन तर्फ विरेन्द्र क्षेष्ठ, राम राई, कर्ण रुम्दाली, वुद्ध केरुङ लिम्वु र देवान राईले आ–आफ्नो गीत प्रतुत गरेका थिए भने नृत्य तर्फ गुन्जन लिम्बु र साथीहरुको जोसिलो नृत्य र ताप्लेजुङका लिम्वुहरुको विशेष च्यावु्रङ्ग नाचले कार्यक्रमलाई थप रोचक बनाएको थियो ।
कार्यक्रममा उपस्थित तेह्रसय सहभागिहरु कार्यक्रमको समापन सम्म शालिन र सभ्य भएर बसेका थिए । अन्त्यमा उपस्थित सबै किराती र गैरकिरातीहरुले सामुहिक सह सिल, धान नाच र साकेला सिली नाचेर कार्यक्रमको बिट मारे पछि कार्यक्रमका सभापति किरात याक्थुम चुम्लुङ कतारका अध्यक्ष एवं कार्यक्रमका संयोजक लोकेन्द्र तुम्रोकले कार्यक्रममा सहभागि प्रमुख अतिथि, बिशेष अतिथि, अथितिहरु, सहभागि किराती तथा गैर किरातीहरु साथै कार्यक्रम सम्पन्न गर्न अहोरात्र खट्नु भएका तीनवटै संस्थाका क्रियाशील सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए । कार्यक्रम किरात राई यायोक्खा शाखा कतारका महासचिव देबराज राईले संञ्चालन गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु