चितवनमा रविको नेतृत्व

म्यूजिक खबर
प्रकाशित: ५ जेष्ठ २०७१, सोमबार

चितवन । चलचित्र पत्रकार संघ चितवन शाखाको गत शुक्रबार सम्पन्न प्रथम अधिवेशनले रवि अधिकारीको अध्यक्षतामा नौं सदस्यीय कार्यसमिति गठन गरेको छ । संघको नयाँ कार्यसमितिको उपाध्यक्षमा उपाध्यक्षमा रामेश्वर रिजाल, सचिवमा गोविन्द अर्याल,कोक्षाध्यक्षमा हरि कार्की र सह–सचिवमा सागर ढुंगाना छन् । त्यस्तै कार्यसमिति सदस्यमा ज्ञानेन्द्र तामाङ, सन्दिप भट्ट, केशव लोहनी र सुरेन कुँवर रहेका छन् । संघका केन्द्रीय अध्यक्ष शान्तिप्रियको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा चलचित्र निर्देशक समाजका निवर्तमान अध्यक्ष बिमल पौडेल, चलचित्र पत्रकार संघका संगठन उपाध्यक्ष विष्णु सुवेदी, संघका सल्लाहकार मुक्तिलाल पिया, चलचित्र निर्देशक समाजका उपाध्यक्ष सुमन दाहाल, चलचित्र पत्रकार सरोज प्याकुरेल, सी म्याक्स चितवनका व्यवस्थापक गोविन्द रौनियार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा संघका अध्यक्ष शान्तिप्रियले शाखासँग समन्वय गरेर चलचित्र पत्रकारको हक हितका लागि काम गर्ने प्रतिबद्धता गरेका थिए । नवगठित कार्यसमितिको कार्यकाल ३ वर्षको रहनेछ ।

75_o

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु