चुनावी अधिवेशनसँगै संगीतकर्मी संघ फुट्यो

म्यूजिक खबर
प्रकाशित: २ माघ २०७२, शनिबार

राष्टिय संगीतकर्मी संघ नेपालको तेश्रो चुनावी साधरणसभासँगै संगीतकर्मी संघ दुई भागमा विभाजन भएको छ । रेशम थापाको नेतृत्वमा रहेको संगीतकर्मी संघले नवराज घोरासैनीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरे पनि अन्ततः असन्तुष्ट पक्षहरुले संघलाई फुटाएका छन् । काठ क्षेत्रका कलाकर्मीहरुको बाहुल्य रहेको उक्त संघमा भूगोलको आधारमा विभेद गर्दै उम्मेदवारलाई हराइएको असन्तुष्ट पक्षहरुको दाबी छ । संघमा वास्तविक सदस्यले भोट हाल्न नपाएको, सदस्यता कार्ड नबनाई नगदी रसिदको आधारमा जथाभावी भोट हालिएको भन्दै असन्तुष्ट पक्षहरुले नयाँ संघ भोलिबाटै औपचारिक रुपमा घोषणा गर्ने योजना बनाएका छन् ।

राष्ट्रिय संगीतकर्मी संघमा अध्यक्ष नवराज घोरासैनी, उपाध्यक्षमा प्रकाश कटवाल, धनकुमारी थापा सरु, उमा श्रेष्ठ, कोषाध्यक्षमा रमेश दुलाल निर्विरोध निर्वाचित भएका थिए भने महासचिव, वरिष्ठ उपाध्यक्ष, सहसचिव र सदस्य पदका लागि भने निर्वाचनबाट चयन गरिएको थियो । यसो हेर्दा राजनीतिक चुनाव भन्दा कमी नदेखिने संगीतकर्मीको चुनावमा आफ्नो पकड बनाउनका लागि वास्तविक कलाकारको भन्दा गैर कलाकारको बाहुल्यता रहेको देखिन्थ्यो ।

m-association-sk1

अन्नतः गुट उपगुट बनाउँदै चुनावमा धाँधली गरेको आरोप लगाउँदै असन्तुष्ट पक्षले राजेन्द्र कार्कीको नेतृत्वमा संगीतकर्मी कलाकर्मी संघ दर्ता गर्ने निकट स्रोतले म्यूजिक खबरलाई बतायो । स्रोतका अनुसार संगीतकर्मी संघका निवर्तमान अध्यक्ष रेशम थापा नै अध्यक्ष रहने गरी संस्था दर्ता गर्ने पनि सम्भावना रहेको छ । संघभित्र आन्तरकि रुपमा गैर कलाकारहरुको बाहुल्यता भएको र संघको विधान अनुसार चुनावमा गैरराजनीतिक ढंगबाट कार्य भएको हुँदा अब सबै संगीतकर्मीहरुलाई एकै छाता मुनी समेट्ने गरी नयाँ संस्था दर्ता हुने भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु