चेपाङलाई गीतकार भण्डारीको सहयोग

म्यूजिक खबर
प्रकाशित: २२ चैत्र २०७१, आईतवार

चितवन । गीतकार देवल भण्डारीले चितवनको गामवेसीको चेपाङ संरक्षण केन्द्रलाई १० हजार एक सय ५ रुपैयाँ सहयोग गरेका छन् । एल्बम प्रमोसनका लागि चितवन आइपुगेका संगीतकार अर्जुन पोखरेलको हातबाट शनिबार नारायणगढमा एक कार्यक्रमका बीच केन्द्रका प्रमुख केपी किरण शर्मालाई रु १० हजार १ सय ५ नगद हस्तान्तरण गरेका हुन् ।

पोखरेलले सो सहयोग एल्बमका गीतकार देवल भण्डारी र एल्बम स्वर्णिम सपनाको तर्फबाट भएको बताए । गीतकार हाल अष्ट्रेलियामा रहेकाले आफु सहयोगको माध्यम मात्र बनिदिएको बताएका थिए । उनले हाल गीतसंगीतको अवस्था धरासायी भए पनि यसरी सहयोग गर्न पाउदा अत्यन्त खुशी लागेको बताए ।
सहयोग ग्रहण गर्दै गामवेशीको चेपाङ संरक्षण केन्द्र प्रमुख केपी किरण शर्माले खुशी ब्यक्त गरे । सो सहयोग रकमले केन्द्र परिसरमा दुर्गा र सरस्वतिको मन्दिर निर्माण गर्ने शर्माले बताए ।गामबेशी चेपाङका प्रमुख केपी किरण शर्मा
गामबेशी चेपाङका प्रमुख केपी किरण शर्मा
हाल अष्ट्रेलियामा रहेका गितकार भण्डारीले भने फोनवाटै कुराकानी गर्दै सहयोग गर्न पाएकोमा खुसी ब्यत्त गरे । गितकार तथा निर्माता भण्डारीले संगीतको क्षेत्रमा मात्रै नभएर आफुले सामाजीक कार्यसंगै अगाडी बढ्ने वताए ।
संगीतार पोखरेलको एकल संगीत र गीतकार देवल भण्डारीको एकल शब्दमा आधुनिक गीतिसंग्रह स्वर्णीम सपना केही समयअघि मात्र बजारमा आएको थियो । पोखरेल र भण्डारी दुवै स्रष्टा चितवनकै हुन् ।
एल्वममा भारतिय चर्चित गायक गायीकाको स्वर रहेको छ । अर्जुनले एल्बमका सबै गीत मुम्बई गएर रेकर्ड गराएका हुन् । एल्बममा उदित नारायण झा, महालक्ष्मी ,आभाष, अभिजित लगायतको स्वर छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु