चोङ्वाङ् र भण्डारीलाई माटोको चिन्ता

म्यूजिक खबर
प्रकाशित: ११ आश्विन २०७२, सोमबार

काठमाडौं । गीतकार इन्द्र चोङवाङ र संगीतकार गायक टीका भण्डारीलाई यतिबेला माटोको चिन्ता बढेको छ । मुलुक संक्रमणकालतर्फ उन्मुख भइरहेको बेला सबै नेपालीमा आफ्नो भूमिप्रतिको चिन्ता हुनु स्वाभाविक नै हो तर गीतकार चोङवाङ र संगीतकार भण्डारीलाई भने अझ बढी चिन्ता भएको महसुस हुन्छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी बरिष्ठ संगीतकार तथा गायक टिका भण्डारी २४ औं एल्बम ‘माटो’को लोकार्पण गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली गीत संगीतका नाम चलेका स्रष्टा सर्जकहरुको बाक्लै उपस्थितिबीच ‘माटो’को विमोचन गरिएको हो ।
‘माटो’ गीतकार इन्द्र चोङवाङ रचनामा र टीका भण्डारीको संगीतमा तयार पारिएको देशभक्तिपूर्ण गीतहरुको एल्बम हो । एल्बममा ६ वटा देशभक्तीपूर्ण गीतहरु रहेका छन्, जसलाई शिव परियार र प्रमोद खरेलले स्वरबद्ध गरेका छन् । कार्यक्रममा संगीतका शिखर गायक प्रेमध्वज प्रधान र बरिष्ठ गायिका तारा थापालाई प्रमुख अतिथि केपी ओलीको हातबाट बिशेष अभिनन्दन गरिएका थियो ।

premdhwoj paradhan
कार्यक्रममा एउटा म्युजिक भिडियो र टीका भण्डारीको संगीतमा संगीतबद्ध १० वटा गीतका फ्ल्यास ब्याक भिडियो क्लिप्स पनि देखाइएका थियो । कार्यक्रममा भण्डारीले माटो एल्बमका गीतहरुको विभिन्न ट्रयाकमा गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बिशिष्ठ अतिथिका रुपमा साहित्यकार प्रदीप नेपाल, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजित बास्कोटा, रेडियो नेपालका कार्यकारी निर्देशक एवं बरिष्ठ गीतकार धनेन्द्र बिमल, बरिष्ठ संगीतकार दीपक जंगम, वरिष्ठ गीतकार विश्व वल्लभ, वरिष्ठ गायिका कुन्ती मोक्तानलगायत हाँस्यव्यंग्य क्षेत्रका स्टारहरू नायिका दीपाश्री निरौला, किरण केसी, शिवहरी पौडेल, मनोज आचार्य, कविता शर्मा, गायक सुर्य थुलुङ, रामा मन्डल, प्रवेशमान शाक्य, गजलकार ललिजन रावल लगायत संगीत क्षेत्रका व्यक्तित्वहरुको निकै बाक्लो उपस्थिति थियो ।

indra chowang_mato
कार्यक्रममा प्रमुख अतिथि ओलीले एल्बम माटोको बारेमा समसामयिक विषयमा बोल्दै शुभकामना दिएका थिए । त्यस्तै गजलकार डा.कृष्णहरि बरालले एल्बममाथि समिक्षा गरेका थिए । त्यस्तै सम्मानित व्यक्तित्व गायक प्रेमध्वज प्रधान, साहित्यकार प्रदीप नेपाल, संगीतकार दीपक जंगम, शम्भुजित बास्कोटा, टीका भण्डारी, गीतकार इन्द्र चोङ्ग्वाङ्ले माटो एल्बम सम्बन्धमा आ–आफ्ना मन्तब्य राखेका थिए ।
एल्बममा एक पाइला साथ, मेरो गाउँको ताजा खबर, आफ्नी आमा आफ्नै, छातिभित्र नेपाल बोकी, घाम खोज्दै, म हिमाल भएर जस्ता गीतहरु रहेका छन् । जसमा भण्डारीको संगीत, चोङवाङको एकल गीत रहेको छ भने शिव परियार र प्रमोद खरेलको स्वर रहेको छ । एल्बमलाई रेस्क्यू क्रियशनले बजार प्रबद्र्धन गरेको हो ।

indra chowang

mato pradip nepal

mandala-kunti moktan

krishnahari baral

kp oli

tika bhanadari

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु