चौंलागार्इं र पोखरेलको हातमा नेफ्टा अवार्ड

म्यूजिक खबर
प्रकाशित: ८ आश्विन २०७२, शुक्रबार

नेपाल चलचित्र प्राविधिक संघले कतारको राजधानी दोहामा शुक्रबार साँझ ‘नेफ्टा अवार्ड’को आयोजना सम्पन्न गरेको छ । डायस्पोरामा बसेका नेपाली माझ विगत केही वर्षदेखि विदेशमा आयोजना गरिंदै आएको नेफ्टा अवार्ड को आठौं संस्करण भने दोहाको एसियाना टाउन हलमा सम्पन्न भएको हो । प्रमुख अतिथि सुचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजाल रहेको उक्त कार्यक्रममा कला रत्न सम्मानबाट महजोडीलाई सम्मानीत गरिएको थियो । चलचित्र क्षेत्रमा विशेष योगदान दिएको भन्दै मन्त्री रिजालले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सम्मान गरेका हुन् । नेफ्टा अवार्ड का संगीत तर्फका विभिन्न विधा अन्तर्गत उत्कृष्ट गीतकारको अवार्ड डा. कृष्णहरि बरालले , कोहिनुर बाट प्राप्त गरे भने उत्कृष्ट संगीतकारको अवार्ड चलचित्र स्टुपिड मनबाट अर्जुन पोखरेलको पोल्टामा पार्न सफल भए । त्यस्तै उत्कृष्ट संगीत संयोजन को अवार्ड जेरी चलचित्रबाट अल्मोडा उप्रेतीले लिन सफल भए । उत्कृष्ट पाश्र्व गायकको अवार्ड चलचित्र नोभेम्बर रेन बाट युवराज चौंलागार्इंलाई प्रदान गरियो भने पाश्र्व गायिकाको अवार्ड चलचित्र नाईं नभन्नू ल ३ बाट रजिना रिमाले अवार्ड उचालिन् ।

yubaraj chaulagain
विश्वकै कान्छो निर्देशक सौगात विष्टलाई विशेष प्रोत्साहन सम्मान गरिएको अवार्ड समारोहमा गायक राजेश पायल राईले ‘नाइ नभन्नु ल’ र ‘फुलै फुलको मौसम तिमीलाई’ प्रस्तुती गर्दा हजारौं दर्शकले वान्स मोर गरिरहेका थिए । त्यस्तै । अभिनेता नीर शाह, अभिनेत्री बसन्धुरा भुसाल, सदाबाहर नायिका करिश्मा मान्नधरले भूकम्प पछि उठ्दै गरेको नेपालबारे प्रस्तुती दिएका थिए ।

karishma
निश्चल बस्नेत निर्देशित ‘टलकजंग भर्सेस टुल्के’ले महत्वपूर्ण चार विधा आफ्नो पक्षमा पार्दै सर्वाधिक पाँच अवार्ड जितेको छ । टुल्केबाट उत्कृष्ट संवाद र अभिनेता गरि खगेन्द्र लामिछाने दुई अवार्ड जिते बने अभिनेत्रीको अवार्ड ऋचा शर्माले उचालिन्। उत्कृष्ट फिल्म घोषित भएको टुल्केबाट निश्चल बस्नेत उत्कृष्ट निर्देशक घोषित भए। खगेन्द्र लामिछानेसँगै àसुनपानी’बाट उत्कृष्ट कथा र चरित्र अभिनेताका लागि सविन बाँस्तोलाले समान दुई अवार्ड पाए। त्यसैगरी, संगीत संयोजन, नवअभिनेत्री, ध्वनि मिश्रण र छायांकन गरी चार विधामा अवार्ड हात पार्दै जेरी सर्वाधिक दोस्रो अवार्ड कमायो । साथै, आर्यन सिग्देललाई चर्चित अभिनेता, प्रियंका कार्कीलाई चर्चित अभिनेत्री र कोहिनुरलाई चर्चित फिल्मको अवार्ड दिइयो भने ‘कबड्डी’ले जुरी अवार्ड पायो । । नेफ्टा अध्यक्ष मनोज केसीले कतारमा नेफ्टा अवार्ड सफलतापूर्वक सम्पन्न भएको बताए । ‘नेपाली चलचित्रको बिकासको लागि नेफ्टा अवार्ड ऐतिहासिक रह्यो’, उनले भने,‘यसले हामीलाई थप प्रोत्साहित गरेको छ ।’

sangam bista-nepal

विजेताहरूको सूचि यसप्रकार छ
१.उत्कृष्ट गीतः कृष्णहरि बराल, कोहिनुर
२.उत्कृष्ट संगीतः अर्जुन पोखरेल, स्टुपिड मन
३.उत्कृष्ट संगीत संयोजनः अल्मोडा उप्रेती, जेरी
४.उत्कृष्ट पार्श्व गायिकाः रजिना रिमाल, नाईं नभन्नू ल ३
५.उत्कृष्ट पार्श्व गायकः युवराज चौलागाईं, नोभेम्बर रेन

६.उत्कृष्ट कथाः सबिन बाँस्तोला सुनपानी
७.उत्कृष्ट पटकथाः पासाङ् लामा झिङ्ग्राना
८.उत्कृष्ट संवादः खगेन्द्र लामिछाने टलकजंग भर्सेज टुल्के
९.उत्कृष्ट श्रृंगारः दिपु पौडेल माला
१०.उत्कृष्ट पहिरनः निरा राणा सेतो बाघ
११.उत्कृष्ट ध्वनि मिश्रणः उत्तम न्यौपाने जेरी
१२.उत्कृष्ट कला निर्देशकः अन्जन गजुरेल, पासाङ् टि शेर्पा
१३.उत्कृष्ट दन्वद निर्देशनः रोशन श्रेष्ठ, वान वे
१४.उत्कृष्ट पार्श्व ध्वनिः मनोज कुमार केसी, माला
१५.उत्कृष्ट नृत्य निर्देशनः कविराज गहतराज, हबल्दार सुन्तली
१६.उत्कृष्ट हाँस्य अभिनेताः सुवास थापा, बिर्खेलाई चिन्छस्
१७.उत्कृष्ट बाल कलाकारः संगम विष्ट, लभ यू बाबा
१८.उत्कृष्ट चरित्र अभिनेताः सविन बाँस्तोला
१९.उत्कृष्ट चरित्र अभिनेत्रीः सूर्यमाला खनाल, सुन्तली
२०.उत्कृष्ट खलपात्रः अनुपविक्रम शाही, हँसिया
२१.उत्कृष्ट सहअभिनेताः सलोन बस्नेत, आभाष
२२.उत्कृष्ट सहअभिनेत्रीः छुल्ठिम गुरुङ्, नोभेम्बर रेन
२३.उत्कृष्ट नव अभिनेताः हसन रजा खान, अलबिदा
२४.उत्कृष्ट नव अभिनेत्रीः आना शर्मा, जेरी
२५.उत्कृष्ट सम्पादकः सुरेन्द्र पौडेल, आभाष

२६.उत्कृष्ट छाँयाकारः शैलेन्द्र ध्वज कार्की, जेरी
२७.उत्कृष्ट नव निर्देशकः रामबाबु गुरुङ्, कबड्डी
२८.उत्कृष्ट आदिवासी चलचित्रः यम्पु देउराली
२९.उत्कृष्ट अभिनेताः खगेन्द्र लामिछाने, टलकजंग भर्सेज टुल्के
३०.उत्कृष्ट अभिनेत्रीः ऋचा शर्मा, टलकजंग भर्सेज टुल्के
३१.पपुलर वर्ष अभिनेत्रीः प्रियंका कार्की
३२.पपुलर वर्ष अभिनेताः आर्यन सिग्देल
३३.पपुलर फिल्मः कोहिनुर
३४.उत्कृष्ट निर्देशकः निश्चल बस्नेत, टलकजंग भर्सेज टुल्के
३५.उत्कृष्ट फिल्मः टलकजंग भर्सेज टुल्के
३६.जूरी अवार्डः कबड्डी
कलारत्न सम्मानः मदनकृष्ठ श्रेष्ठ तथा हरिवंश आचार्य
विशेष प्रोत्साहन सम्मानः सौगात विष्ट, लभ यू बाबा निर्देशन गरेर गिनिज बुकमा नाम लेखाए बापत

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु