चौधौंमा गायक नविनको ‘श्लोक’

म्यूजिक खबर
प्रकाशित: २३ आश्विन २०७१, बिहीबार

काठमाडौं, २३ असोज । पप गायक नविन के भट्टराईले आफ्नो चौधौं एकल एल्बम ‘श्लोक’ सार्वजनिक गरेका छन् । आफ्ना छोराको नामबाट एल्बमको शीर्षक जुराएका गायक भट्टराईको यो पछिल्लो एल्बममा पप शैलीका आठ गीत समावेश छन् ।
यसअघि जिन्दगी, रहरै रहरमा, आभाष, स्मृति, सम्झना, नविन, द ब्लु, स्मृति रिलोडेड, समर्पण, जि–मेजर, नक्षत्र आदि १३ वटा वटा एकल एल्बम सार्वजनिक गरिसकेका गायक भट्टराईले दसैं लगत्तै नया“ एल्बम स्रँेतामाझ ल्याएका हुन् । उत्तर–पूर्वी भारतको नागाल्याण्ड तथा म्यान्मारमा दसैं विशेष सांगीतिक कार्यक्रममा सहभागिता जनाएर स्वदेश फर्किए लगत्तै गायक भट्टराईले यो एल्बम सार्वजनिक गरेका हुन् ।

एल्बममा समावेश गरिएको एउटा गीत ‘फर्केन तिम्रो मन…’ को म्युजिक भिडियोको भोलि शुक्रवार विभिन्न टेलिभिजन च्यानलबाट प्रिमियर हु“दैछ । यो भिडियोमा नविन स्वयंले अभिनय गरेका छन् । निकेश खड्काको निर्देश्ँनमा तयार भएको उक्त भिडियोमा नविनलाई मोडल सामिया बड्तौलाले अभिनयमा साथ दिएकी छिन् । स्टेरियो रेकर्ड्सले बजार प्रवद्धन गरेको यो एल्बमका सात वटा गीतमा गायक भट्टराईकै शब्द तथा संगीत छ भने एउटा गीतमा मनोज केसीको शब्द तथा सन्दिप डंगोलको संगीत सुन्न सकिन्छ । स्टेरियो रेकर्ड्सले यसअघि सुगम पोखरेलको एल्बम बजारमा ल्याइसकेको छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु