‘च्याम्प चितवन २०७५’ को उपाधि सेलिसा र अभियानलाई !

म्यूजिक खबर
प्रकाशित: १३ बैशाख २०७५, बिहीबार
 राजेन्द्र आचार्य

चितवन । च्याम्प चितवन २०७५ को  सेलिसा आचार्य र अभियान पौडेलले हात पारेका छन् । गैडाकोटको नारायणी नदी कनिारमा रहेको होटल नारायणी रिर्साेर्टमा फाईनलमा उत्कृष्ट प्रस्तुती दिदै बालिका तर्फ सेलेस्ता आचार्य र बालक तर्फ अभियान पौडेलले उपाधि हात पारेका हुन् ।
उपाधिसगैँ नगद १५/१५ हजार रुपैयाँ, साईकल, ट्रफ्रि र प्रमाणपत्र संयुक्त रुपमा प्रतियोगीतामा फस्ट मिस गुनिभर्स नेपाल २०१७ नग्मा श्रेष्ठ, बरिष्ठ कलाकार रिद्धिचरण श्रेष्ठ, सीनियर फोटोग्राफर राजभाई सुवाल, चलचित्र निर्माता दिपक खाँडसहित प्रतियोगिताकी सञ्चालक लक्ष्मी पन्तले प्रदान गरेका थिए ।
यस्तै प्रतियोगिताको बालिका तर्फको फष्ट रनर अफमा आयुषा काफ्ले र सेकेण्ड रनर अफमा अर्यानका केसी घोषित भएका थिए ।
भने बालक तर्फ फष्ट रनर अफमा आर्यन पोख्रेरल र सेकेण्ड रनर अफमा संयोग शर्मा घोषित भएका थिए ।
भने मिस्टर एण्ड मिस टिन चितवन २०७५ को उपाधी अनु श्रेष्ठ र आयुष पाण्डे हात पारेका छन् ।
प्रतियोगितामा ४८ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस टिनमा अनु र मिस्टर टिनमा आयुषले उपाधी हात पारेका थिए ।
सो अवसरमा टिनका उपाधि विजेतालाई नगद १५/१५ हजार रुपैयाँ, साईकल, ट्रफ्रि र प्रमाणपत्र प्रदान गरिएको थियो ।
यस्तै प्रतियोगिताको टिन तर्फको फष्ट रनर अफमा एपिसा अधिकारी र सेकेण्ड रनर अफमा साहिसा सापकोट घोषित भएकी थिईन् ।
भने मिस्टर तर्फ फष्ट रनर अफमा दिवस अधिकारी र सेकेण्ड रनर अफमा सुशन जोशी घोषित भएका थिए ।
च्याम्प तर्फको अन्य विधामा मस्ट ट्यालेन्ट आयुसा काफ्ले र अनुकरणीय श्रेष्ठ, बेस्ट परफर्मेन्स सेलेस्ता आचार्य र बिध्वतमा भटरार्इ, बेस्ट वाक युविसा रौनियार र साहीरा चुके, कन्जिनालिटी सम्रागी श्रेष्ठ र सुलभ खत्री, मस्ट डिस्सिप्लिन आर्यनका के सी र कुसुम खड्का, मस्ट पंचुअल आरजु अर्याल र रोस्नी गिरी, बेस्ट स्माइल प्रथमा लोहनी र अभिप्सा अधिकारी, मस्ट कन्फिडेन्ट सुभ्ना काप्री र आयुष पाण्डे, चार्मिङ्ग पर्सनालिटी गौरङ श्रेष्ठ र सुसन जोसी, फोटोजनिक आरती अर्याल अभियान पौडेल अंकुर पन्त सेजल कंडेल, मस्ट क्रियटिभ रोसी पौडेल र आदित्य कर्ण र मस्ट इनोसेन्ट बिभीका घिमीरे रहेका छन्।
प्रतियोगितामा यस पटक प्रेतियोगीहरुले आफ्नी मम्मीसगैँ डान्स गरेर सबैलाई चकित समेत पारेका थिए ।
विभिन्न नाटकहरुको प्रस्तुती र बालबालिकाहरुमा हुने यौन र्दुव्यवहारको बारेमा कसरी सजग र जानकार हुने भन्ने विषयमा समेत बालबालिकाहरुलाई विशेष प्रशिक्षण गराईएको थियो ।
बालबालिकाहरुको अन्तरनिहित प्रतिभालाई जागरुप गराउन गएको बर्ष देखि यो प्रतियोगिता चितवनमा सुरु भएको थियो ।
होलीडेज क्रियसन होम प्रालिको आयोजनामा भएको प्रतिस्पर्धामा ४८ जना बालवालिकाहरुले प्रतिस्पर्धा गरेका थिए । प्रतिस्पर्धामा बालवालिकाहरुले आ–आफ्नो क्षमता प्रस्तुत गरि सबै दर्शकहरुलाई चकित पारेका थिए ।
प्रतियोगीतामा फस्ट मिस गुनिभर्स नेपाल २०१७ नग्मा श्रेष्ठ, सीनीयर फोटो ग्राफर राज भाई सुवाल, चलचित्र निर्माता दिपक खाँड, रामपुर कलेजकी सहायक डिन कल्याणी मीश्र र सन्तोष सापकोटाले निर्णायक रहेका थिए ।
प्रतियोगीतामा विभिन्न सांस्कृतिक कार्यक्रम लगाएत नाटकहरु प्रस्तुत गरिएको थियो । बालबालिकालाई शैक्षिकसत्रको अन्त्यमा हुने खाली समयको सदुपयोगको लागि सो प्रतियोगीताको आयोजना गरीएको क्रियशन होम नारायणगढकी सञ्चालक लक्ष्मी पन्तले बताईन् ।
प्रतियोगितामा ७ देखि १३ वर्ष उमेरका बालबालिका सहभागीता जनाएका थिए । कार्यक्रममा सिम नेपाल २०१८ की मस्ट पपुलर विजेता सन्धा अधिकारी कोरियोग्रफर एनिला श्रेष्ठको विशेष सहभागी थियो । भने प्रतियोगितालाई सजै एजुकेशन रत्ननगर टाडीले प्रायोजक गरेको थियो ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु