छन्देको उडायो रेलैले

म्यूजिक खबर
प्रकाशित: ४ कार्तिक २०७०, सोमबार

गोपाल ढकाल छन्दे हाँस्य कलाकारको परिचय मात्र नभएर गायक पनि हुन् । टेलिसिरियल, टेलीचलचित्र एवं ठूलो पर्दामासमेत हाँस्य अभिनय गरेर चर्चा बटुलिसकेका गोपाल ढकाल छन्देले केही समय पहिला तीतो सत्य टेलिसिरियलमा फूलमा माहुरी माया नलाई कहाँ जान्छ्यौ ए फ्याउरी बोलको गीत गाएर छुट्टै परिचय स्थापित गरेका थिए । त्यसो त उनले गाइजात्रे गीतहरु पनि बजारमा ल्याइसकेका छन् ।

finL bISHNU & sAMUNDRA copy
पछिल्लो समयमा उनी अलि फरक गायकका रुपमा स्थापित हुन खोजिरहेका छन् । पर्खि बसे चलचित्रमा उनले गरेको अभिनयमा बोल्ने थेगोलाई उनले गीतका रुपमा बजारमा लिएर आएका छन् । उडायो रेलैले, ठाडो कपाल तोरीको तेलैले बोलको गीतलाई उनले लोकदोहोरीमा उतारेका छन् । विभिन्न रेडियोहरुबाट अहिले राम्रोसँग बज्न सफल भएको गीत उडायो रेलैलेमा हाँस्यव्यंग्य, समाज चित्रण सहितका कुराहरु जोडिएको छ । समुन्द्र गुरुङ र पूजा चापागाईं निर्माता रहेको यस गीतमा शब्द संगीत छन्देकै रहेको छ भने उनलाई स्वरमा राधिका हमालले साथ दिएकी छन् । किरण तुलाधरले एरेन्ज गरेको यस गीतको बजार व्यवस्थापन भने भीमसेन अधिकारीले गरिरहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु