छविको सांगीतिक छवि

म्यूजिक खबर
प्रकाशित: २५ श्रावण २०७२, सोमबार

काठमाडौं । प्रवासमा रहेर पनि आफ्नो सांगीतिक छविलाई स्वदेशमा नै पस्कन सफल भएका छविकिरण भट्टराईले नयाँ सांगीतिक कोशेली ल्याएका छन् । मनभरि स्वदेशको माया बोकेर परदेशिएका गायक छवि किरणले पाँच वर्षअघि ‘मूल्य’ एल्बम बजारमा ल्याएर सांगीतिक छविलाई चिनाउने प्रयास गरेका थिए । पाँचवर्ष पछि उनले अर्को एउटा चर्चायोग्य गीत लिएर आएका छन् ।

chhabikirana bhattarai

तिमी चाहिँ मुुसुमुसु मुस्काएर दिल चोर्ने
तिम्रो मस्त मस्त जवानीमा कति छन् मर्ने
तिमी चाहिँ दाहिने आँखा झिम्क्याएर दिल चार्ने
मेरो मस्त मस्त जवानीमा कति छन् मर्ने

स्टेजका लागि सुहाउँदो गीत लिएर छविकिरण आएका हुन् । स्याङ्जाको मिर्मिमा जन्मेका छबिकिरण अहिले दिपक शर्माको संगीत र श्रीमती कबिता भट्टराईको शब्दमा नयाँ गीत बजारमा ल्याउने तयारीमा रहेका छन् । उनी अहिले दिपक शर्माको संगीत र श्रीमती कविता भट्टराईको शब्दमा नयाँ गीत बजारमा ल्याउने तयारीमा रहेका छन् । उक्त गीतमा छविकिरण र काव्य आचार्यको स्वर रहेको छ ।
बाल्यकालबाटै सांगीतिक मोह भएका छविकिरण औपचारिक रुपमै संगीतमा लागेको १२ वर्ष बितिसकेको छ । पहिलो एल्बम मूल्यबाटै सफलता हासिल गरेका छविकिरणले हालसम्म २० वटा जति गीत रेकर्ड गराइसकेका छन् । उनको यो सफलताको बाटो उनी एक्लैले भने कोरेका होइनन् । उनलाई सफल बनाउन उनको परिवार र उनकी जीवन संगीनीको ठुलो हात छ । यूएईको इण्डियन क्लबमा गाउँदै आएका छविकिरणले आफ्नो सांगीतिक पहिचानलाई उच्च बनाउनका लागि नेपाल आएर बेलाबेलामा गीत रेकर्ड गर्ने गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु