छाता ओढ्दा पनि किन डराको ?

म्यूजिक खबर
प्रकाशित: २४ मंसिर २०७०, सोमबार

काठमाडौं । घाम न पानी छाता ओढेको देख्दा लाग्यो विमलेश र नम्रताको निको चाल छैन । तैपनि अरुका अगाडि देखिएलाझैं गरेर छाता ओढेर अँगालो हाल्दा पनि किन डराको हो कुन्नी ? त्यति मात्र हो र ःनम्रता र विमलेशले मायाप्रेमको प्रस्ताव राख्दै गुलाफको फूल दिँदा पनि लिन नजान्ने कस्तो अचम्म । आखिर यसो हेर्दा दुवैजना एक दुईवटा अघिपछि लगाएर हिंडिसकेका जस्ता छन् तैपनि किन डराको हो कुन्नी ?
कुरो एउटा गीतको म्यूजिक भिडियोको थियो । होटल बज्र डल्लुको वरिपरि आजभोली निर्देशक समन अधिकारीको कार्यथलो भइरहेको छ । मैले झैं मर्ने बारे सोच्छौ होला, यदि म तिमीसँग भइन भने त्यस्तै लाग्छ बोलको गीतको म्यूजिक भिडियोमा निर्देशक समन अधिकारीले नम्रता श्रेष्ठ र विमलेश अधिकारीलाई मोडलिङ गराएका छन् । हरि हुमागाईंको छायाँकनमा भएको उक्त म्यूजिक भिडियोलाई रेस्क्यू क्रियशनले पोस्ट प्रोडक्सनको कार्य गरिरहेको छ ।
यस गीतमा अमृत रेग्मीको शब्द, अर्जुन पोखरेलको संगीत रहेको छ भने अन्जु पन्त र इश्वर पोखरेलको स्वर रहेको छ । यस गीतको सम्पूर्ण कथा भने माया नै माया भित्र समर्पित भएको छ ।

Bimlesh Namrata1 Bimlesh Namrata 3 ba final final 2

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु