छोड्ने र जोड्ने कुरा गर्दै प्रेम ?

म्यूजिक खबर
प्रकाशित: ८ असार २०७२, मंगलवार

काठमाडौं । कलाकारिता क्षेत्र न हो छोड्ने र जोड्ने कुराहरु धेरै हुने गर्छन् । माया प्रेमका कुराभित्र हुन् या स्वार्थगत इच्छापूर्तिमा हुन् कहिले छोड्ने त कहिले पुनर्मिलनको बाटो अँगाल्नेहरु पनि धेरै भेटिन्छन् । तर मनको भावनालाई कसैको जीवनसँग मेल खाने गरेर गीतकारहरु गीत लेख्ने गर्छन् । कति गीतकारको आफ्नै कहानी होला त कति गीतकारले साथीसंगीतको देखेर लेखेका होलान् । जे होस् प्रेमसागर पौडेल पनि यस्ता गीत धेरै लेख्ने गर्छन् ।

जस्को लागि मलाई छोड्यौ, त्यस्ले पनि तिम्लाई छोड्यो भने,
तिमी उस्को बनेपछि उस्ले अन्तै नाता जोड्यो भने
त्यो बेलामा थाहा हुन्छ, साँचो माया के हो भनी,
तिम्लाई पनि हिड्नुपर्ला म जस्तै पागल बनी

माथिका गीतका पंक्तिहरु पनि छोड्ने र जोड्ने कुरासँग मेल खाएका छन् । साँचो मायाको खातिर पागलप्रेमीहरु अरुलाई यसरी नै अर्ति उपदेश दिने गर्छन् भने कति प्रेमीहरु पागल नै बनेर प्रेमको नशामा भौंतारिने गर्छन् । यो गीत गायक प्रमोद खरेलले स्वरबद्ध गरेका छन् । रेकर्डका क्रममा यो गीतले गायक स्वयम्लाई नै मन छोयो रे । अब यो गीतका शब्द र संगीतले पक्कै पनि धेरैको मन छुनेछ । संगीतकार एवं गीतकारका रुपमा प्रेमसागर रहेका छन् ।
तिमी सँग नजर जुधाई डराएको याद आयो, तिमी टाढा भएपछि नशा पिउने बानी भयो, सम्झ त प्रिय, पहिलो मायाले धोका दियो, धनलाई माया गरि रैछौ, हिजोसम्म दुईवटा मुटु, आजभोलि मेरो याद तिमीलाई जस्ता दर्जनौं गीत लेखेर गीतकारको श्रेणीमा आफूलाई स्थापित गराउन सफल भएका गीतकार प्रेमसागर पौडेल हिजोआज चल्तीका गीतकार संगीतकार बनिसकेका छन् । स्याङ्जा टक्सार स्थायी घर भएका पौडेल सरल अनि समयसान्दर्भिक मायाप्रेमका गीतहरु लेख्नमा माहिर छन् । यतिखेर गीतकार पौडेल आफ्नै नयाँ एल्बमको तयारीमा जुटिरहेका छन् । जुन एल्बमको गीतमध्ये रेकर्डको क्रममा रहेको गीत जसको लागि तिम्ले छोड्यौ पनि पक्कै चर्चित बन्नेछ भन्ने आशा गर्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु