जंगलमा बुद्धिमानको तमासा

म्यूजिक खबर
प्रकाशित: २५ भाद्र २०७१, बुधबार

शिवकुमार काशी, मनहरि (हेटौंडा), २५ भाद्र
केही समय प्रवासमा बसेर नेपाल फर्किएका गायक तथा संकलक बुद्धिमान घिसिङले मनहरिको जंगलमा घाँस काटेझैं गरेर कसैसँग पिरती गाँस्दै गरेको जस्तो देखिन्छ । गायक गायिका भनेपछि ग्ल्यामर क्षेत्रमा अलि बढी आफूलाई देखाउँछन् भनेजस्तै जंगलमा मायाप्रेम गाँस्दै गर्दा यी गायकलाई परिवारले देखे भने के भन्लान् कुन्नी ?
मनहरिका गायक तथा लय संकलक बुद्धिमान घिसिङले आफ्नो नयाँ एल्बम ‘दशंै’को छायाँकन कार्य सुरु गरेका छन् । निर्देशक शंकर बिसीको निर्देशनमा दशैंको छायाँकन सुरु गरिएको हो । छायाँकनका लागि काठमाडौंबाट बिसीको साथमा गाययिका विनु लामा, मोडल गीता राई मनहरि आइपुगेका छन् । मनहरि–४ सिम्पानीमा रहेको घिसिङको घर, सामुदायिक वनको क्षेत्र लगायतका रमणीय स्थानहरुमा छायाँकन गरिने उक्त गीतले परदेशबाट श्रीमान घर नआउँदाको पीडालाई उल्लेख गरेका छन् । परदेशी घर नआएपछि परिवारले भोग्नुपरेको मानसिक पीडामा दशैं कस्तो हुन्छ भन्ने कुरा म्यूजिक भिडियोमा उतार्ने प्रयास गरिएको छ । छायाँकनमा चेपाङ जातिका पहिलो गायक रविनकुमार चेपाङ, गायक सुन्दर लामा लगायतको सहभागीता रहेको थियो । दशैं एल्बम छायाँकन लगत्तै छिट्टै नै सार्वजनिक गरिने कुरा गायक बुद्धिमान घिसिङले बताए ।

IMG_20140909_172555

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु